बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ आषाढ २३ आइतवार । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि करिश्मालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।
चलचित्र युनिटले करिश्माको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ । करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ’, निर्देशक बलामीले भने । असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।
प्रतिक्रिया