Bisal Chautari Logo

सिभिल मलमा रश्मिलाज् फेसियल हाउस एण्ड स्कीन केयर सञ्चालनमा

- ५ श्रावण २०७१, सोमबार १९:११ मा प्रकाशित


Rashmila,s Facial House & skin Care
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ६ मंगलबार । मानिसहरुको लागी सौन्दर्य अपरिहार्य बन्दै गइरहेको समयमा नेपालमापनि यसको बिकाश बढ्दै गएको छ । दिनदिनै ब्युटि पार्लर र फेसियल सेन्टरहरुको उद्घाटन हुदै गइरहेको समयमा सौन्र्दयकर्मी रश्मिला श्रेष्ठले रश्मिलाज् फेसियल हाउस एण्ड स्कीन केयरको उद्घाटन गराएकी छिन् ।Rashmila,s Facial House & skin Care (1)
हिजो सोमबार काठमाण्डौको सिभिल मलको पाचौ तल्लामा एक अनौपचारीक कार्यक्रमको आयोजना गरी रश्मिलाज् फेसियल हाउस एण्ड स्कीन केयरको उद्घाटन गरिएको थियो । फेसियल तथा स्कीन केयर सम्बन्धि महिला तथा पुरुषदुबैको हुने सञ्चालिका रश्मिलाले विशाल चौतारीलाई बताइन् ।

[gss ids=”4640,4642,4639,4641,4638,4636,4637,4635,4643″]

केही समय अगाडी सौन्दर्यकर्मी रश्मिलाले नै काठमाण्डौ मलको चौँथो तल्लामा सञ्चालनमा ल्याएको रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर उद्घाटन भएको थियो । सो उद्घाटनमा अशिष्मा नकर्मी, सौन्र्दय कला ब्यावसायी संघकी अध्यक्ष कमला श्रेष्ठ, गायिका साहिमा श्रेष्ठ र सविना कार्कीले एकसाथ गरेका थिए । अहिले काठमाडौ मलमा अवस्थित रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर सेन्टरमा कलाकारहरुदेखी युवा पुस्ताहरुको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया