Bisal Chautari Logo

‘नेपाली तारा–३’को अडिसन भदौ दास्रो सातादेखी||विजेतालाई बाइक सहित २ लाख ५१ हजार पुरस्कार

- ५ श्रावण २०७१, सोमबार १८:०७ मा प्रकाशित


Nepali Tara-3
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ५ सोमबार । विविध कारणहरुले लामो समयदेखि हुन नसकेको नेपालकै चचिर्त सांगीतिक रियालिटी शो ‘नेपाली तारा ३’ आयोजना हुने भएको छ । ‘नेपाली तारा २’ पश्चात लामो समयदेखि संचालनमा आउन सकेको ‘नेपाली तारा’को सिजन ३ लामो समयपछी भएपनि सुरु हुने आयोजकले काठमाण्डौमा आज एक पत्रकार सम्मेलनको आयोजना गरि शो सुरु हुन लागेको जानकारी दिएको हो । Nepali Tara-3
भदौको पहिलो साताबाट देशभरका मुख्य शहरमा यसको अडिशन सुरु हुने आयोजनकले बताएको छ । काठमाण्डौका ३ स्थानका साथै ललितपुर, भक्तपुर, पोखरा, बुटवल, धरान, नारायनगढमा अडिशन हुने आयोजकले जनाएको छ । संगीतकारद्धय प्रकाश गुरुङ र सुरेश अधिकारीको साथमा गायक रामकृष्ण ढकाल मुख्य जर्जको रुपमा रहनेपनि आयोजकले घोषणा गरेका छन् । यस्तै प्रतियोगिहरु अन्तिम २० मा पुगेपछि जेम्स प्रधान र राजन इसान मेन्टोर जजका रुपमा कार्यक्रममा प्रवेश गर्नेछन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको सांगीतिक रियालिटी सो ‘नेपाली तारा–३’ लाई कोको कोलाले मुख्य प्रायोजनक गरेको छ । यसपटकको नेपाली तारामा थप उत्साह ल्याउनका लागि र सहभागिता वृद्धी गराउनका लागी ‘वाइल्ड कार्ड इन्ट्रि’को लागि मोबाइल अडिसन पनि गर्न लागिएको आयोजक निलबाराही फिल्मसका निर्देशक रन्जि आचार्यले जानकारी दिए । ‘यो प्रयास सफल भए अन्तराष्ट्रियस्तरमा सम्भवत : पहिलोपटक हुनेछ’, आचार्यले पत्रकार सम्मेलनमा भने– ‘हामीलाई आशा छ यसपटकको कार्यक्रम पहिलेको भन्दा फरक, नया र थप मनोरंजनात्मक हुनेछ’, आचार्यले बताए । कार्यक्रमको अडिसनमा करिब २० हजार प्रतियोगिहरुले अडिसन दिने आयोजकको दाबी छ ।Nepali-Tara-3
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगायत रु २ लाख ५१ हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गीत गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । विजेताले अष्ट्रेलिया ट्रीपमा जान र सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मौका पनि पाउने छ । यस्तै अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु ११ हजार नगद पुरस्कारका साथ विशेष उत्कृष्ट १० एल्बममा एक–एक वटा गीत गाउने अवसर पाउनेछन् ।
अन्तिम २० प्रतियोगिहरुका लागी पनि आयोजकले मुख्य साझेदारहरुद्धारा म्युजिक, स्टाइल र व्यक्तित्व विकास गराउने मौका प्रदान गराउने अवसर प्रदान गर्नेछ । ‘समग्रमा विजेताहरुका लागी २५ लाख बराबरको पुरस्कार राखिएको छ’, कार्यक्रमका कार्यकारी निर्माता तथा निर्देशक आचार्यले भने– ‘यो फाइनलसम्म पुग्दा बढेर पनि जान सक्छ , हामी बढाउने प्रयासमा छौ ।’ यसअघिका नेपाली ताराका विजेता तारा लक्सम, सन्तोष लामा र इन्दिरा जोशी पनि कार्यक्रममा उपस्थित भएका थिए ।
कार्यक्रम नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण हुनेछ । यस्तै ‘नेपाली तारा ३’ को आधिकारिक यूट्यूब च्यानलबाट पनि यो शोलाई विस्तृत रुपमा हेर्न सकिनेछ । यसपटकको ‘नेपाली तारा ३’ को संचालन गायकद्धय सन्तोष लामा र धमेन्द्र सेवानले गर्नेछन् ।

प्रतिक्रिया