Bisal Chautari Logo

निरज र झरना सेफ ल्याण्डिङ का लागी अष्ट्रेलियामा जादै

- ४ श्रावण २०७१, आईतवार १७:४९ मा प्रकाशित


niraj baral and Jharana Bajracharya safe landing
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ४ आइतबार । अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा चलचित्र ‘सेफ ल्याण्डिङ’ को प्रिमियर गरिदैछ । उक्त प्रिमियरमा सहभागी हुन चलचित्रका मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछन् । niraj baral and Jharana Bajracharya safe landing
अष्ट्रेलियामा नै रहेका फिल्मका निर्माता बसन्त भण्डारीले ‘सेफ ल्याण्डिङ’को प्रिमियर भव्य रुपमा सम्पन्न गर्ने तयारी गरेको बताए । प्रिमियरमा दर्शकका लागि स्थानिय कलाकारहरको तर्फबाट केहि आकर्षक प्रस्तुती पनि हुने निर्माता भण्डारी बताउँछन् । फिल्मका निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालको पनि प्रिमियरमा उपस्थित हुने छ । यी दुबै मलेसियन नागरिक हुन् । यसैगरि अष्ट्रेलिया प्रिमियर भएको एक सातापछि अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा पनि ‘सेफ ल्याण्डिङ’ प्रिमियर हुने निर्माता भण्डारीले जानकारी गराए । न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमा हलमा यो फिल्म देखाईने छ ।
लामो समयदेखि न्यूजिल्याण्डमा बस्दै आएका एनआरएन राज बिष्टले न्यूजिल्याण्डमा तेस्रो पटक नेपाली चलचित्र चल्न लागेको बताए । यसअघि ‘लुट’ र ‘कथा’ चलचित्र चलाएको उनको भनाई छ । उनले न्यूजिल्याण्डमा बस्ने नेपाली दर्शकहरुलाई फिल्म हेर्न आउन अनुरोध गरेका छन् । निरज र झरनाको साथमा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको ग्याङस्टार फिल्म ‘सेफ ल्याण्डिङ’लाई बलिउड चलचित्रका सम्पादक मेघना अश्चितले सम्पादन गरेकी हुन् । भने छायाँकन जोन ज्याकोब र पुरषोत्तम प्रधानको रहेको छ । यो फिल्म नेपालमा मंसिर १९ गते रिलिज हुनेछ ।

प्रतिक्रिया