Ram Hari Neupane by Sexy Sexy Surbina karki
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ३ शनिबार । पछिल्लो समयमा सञ्चारकर्मीहरु कलाकारीता क्षेत्रमा आउनेक्रम बढ्दो रहेको छ । यस्तै क्रममा सञ्चारकर्मी सचित खड्का अब निर्देशक बनेका छन् । केहि दिन पहिले सार्वजनिक भएको एक म्युजिक भिडियोमा सचितले ‘झेली’ तथा ‘नाईके’ चलचित्रकी अभिनेत्री सुर्बिना कार्कीलाई ‘सेक्सी सेक्सी भन्दै भिडियो ‘एक्शन कट’गरे ।
सचितले सुर्बिनालाई मोडल पवनसँग ‘रुप तिम्रो सेक्सी जिउडाल तिम्रो सेक्सी अनि तिम्रो सबै अंग–अंग सेक्सी’ भन्दै नचाएका छन् । यो गीतमा शव्द तथा संगीत गायक रामहरी न्यौपानेको रहेको छ । ‘खवर’ एल्वममा संग्रहित यो गीतमा एक सय ३६ पटक गायकले सुर्बिनालाई ‘सेक्सी–सेक्सी’ भनेका छन् । जसलाई कुनै पनि नेपाली गीतमा अहिलेसम्म नै सबैभन्दा बढी पटक एउटै शब्द उच्चारण गरिएको दाबी निर्देशक र गायकले गरेका छन् । ‘सिल्भर साईन ईन्टरटेन्मेन्ट’मा रबिन्द्र खड्काले यो भिडियोको सम्पादन गरेका छन् ।
प्रतिक्रिया