Bisal Chautari Logo

राई इज किङले साङ्गीतिक प्रर्फमेन्सबाट हल्लाए अमेरीकाको डलास

- ३ श्रावण २०७१, शनिबार १४:११ मा प्रकाशित


rajesh paya rai america contest
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ३ शनिबार ।नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राईले साङ्गीतिक वल्ड टुरको क्रममा अमेरीकाको डलास सहरमा साङ्गीतिक पर्फमेन्सबाट हल्लाएका छन् । गायक राईको पर्फमेन्स हेर्न पुगेका नेपाली दर्शकहरु आफ्नो स्थान छाडेर स्टेज अगाडी गीतको तालमा नाच्न पुगेका थिए ।rajesh paya rai america contest (1)
‘राजेश पायल समर धमाका’ नामक कार्यक्रमलाई नमस्ते युएसले आयोजना गरेको थियो । मनोज राजको संयोजनमा भएको कन्र्सटमा दर्शकहरु खचाखच भरिएको थियो । संयोजक मनोजको अनुसार डलासमा भएको अहिले सम्मको कन्र्सटहरु भन्दा यो कन्र्सट सफल र उत्कृष्ठ भएको बताए ।

[gss ids=”4602,4603,4601,4604″]

डलासको लिभिङ हलमा भएको कन्र्सटमा गायक राई इज किङले नाई नभन्नु ल–२ बाट गाउन सुरुवात गरेका थिए । गायक राईले यो गीत पश्चात आफ्ना चर्चित पाश्र्व तथा आधुनिक गीतहरु क्रमश: छैन तिमी बाहेक, सिरै फुल सिरबन्दी, नौझाले मायाले, मोहनी लाग्ला है, ओके, दर्शन नमस्ते–२, दर्शन नमस्ते, माथिमाथी लेकबाट, बल्ला भेट भो आदङ्बे, धरान धनकुटा भेडेटार, दिक्तेल बजार, सागरसरी, सरसर माया वरवर लगायत गीतहरु गरी करिव २२ वटा गीत गाएका थिए ।
कार्यक्रममा गायक राईलाई चर्चित उद्घोषिका पवन कलीले साथ दिएकी थिइन् । कार्यक्रममा गायक राईले गीत प्रस्तुत गरिरहदा वान्समोरको हुटिङ जोडले बाज्ने गथ्र्यो । तर कार्यक्रममा २०–२२ वटा गीत प्रस्तुत गरिसकेपछी चाही कार्यक्रमको अन्त्यमा सबैको भलो होस् भन्दै कार्यक्रमबाट ओझेल परेका थिए ।

प्रतिक्रिया