

यस चलचित्रमा नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द मोरवैता (पप्पु)ले पनि एक महत्वपूर्ण भूमिकालाई अतिथि कलाकारको रुपमा निभाउने निर शाहले बताए । यस्तै चलचित्रमा प्रेमेन्द राणा, चलचित्रकी प्रोड्यूसर मध्येकी एक मन्जेश्री राणाले पनि अतिथि कलाकारको भूमिका निर्भाह गर्ने बताइएको छ । करिब ४० देखी ५० दिन लगाएर सुटिङ सक्ने लक्ष राखिएको बताउदै चलचित्रका निर्देशक निर शाले भने–‘चलचित्रको लगानी करिव १ करोड हाराहारीमा रहेको छ । यो बजेट सेट, कस्ट्युम लगायतले निकै रकम उठ्ने भएकालेपनि सुटिङ जति सक्दो छिटो गर्नेछौ । ’
कार्यक्रममा डायमण्ड शमशेराका छोराले आफ्नो पिताको कृति भन्दा पनि एतिहासिक कृतिमाथि फिल्म बन्न लाग्दा आफु अत्यन्त हर्षित भएको बताए । चर्चित संगीतकार शम्भूजीत बाँस्कोटाको संगीत रहने यस प्रोजेक्ट चितवन, मकवानपुर र काठमाण्डू उपत्यकाका विभिन्न एतिहासिक स्थलमा फाल्गुन पहिलो हप्ता देखि सिरियल र चलचित्रको सुटिङ सुरु गरिने बताईएको छ । यो प्रोजेक्टलाई सञ्जय लामाले खिच्नेछन् भने कला निर्देशन निर्जल श्रेष्ठ र डेस डिजाईनको महत्वपूर्ण विद्यालाई नीरा राणाले गर्ने भएकी छिन् ।
अडिसन मार्फत फाईन गरिएका ५७ जना कलाकारहरुको नामावली यस प्रकार छ :
अन्जना कट्टेल, प्रियंका आचार्य, प्रमिला थापा, विनिशा सुवेदी, रेनु गौतम, सीता न्यौपाने, संस्कृति कार्की, आस्था बजगाई, सुनिता सापकोटा, लक्ष्मी मगर, यशोदा खनाल सुधा, नीलम ढुङगेल, अनिता दंगाल, सन्ध्या बराल, मञ्जरी घिमिरे, भीमादेवी खतिवडा,
मूना कार्की, अस्मिता आचार्य, रिता कट्टेल, गोमा भुजेल, पुजन थापा, विनिता श्रेष्ठ, डि.वी. बस्नेत, गजेन्द घले, राजु राउत, पर्वत राज झा, भीम कार्की, देव प्रसाद श्रेष्ठ, दीपक आचार्य, सुनील जंग रायमाझी, रवि रोहण दाश, अबिरल अधिकारी, रविन ढकाल, खिलनाथ अधिकारी, शंकर खतिवडा, रामप्रसाद न्यौपाने, भरत गुरागाई, देवेन्द कुमार निरौला, विवश राई, प्रकाश चन्द ठाकुर, मदन कामत, विकास रिजाल, सुनील बास्तोला, निर्जन वाग्ले, सवाज पाण्डे, रविन बि.क, मनिष भण्डारी, लछमण पुण्य लामिछाने, जीवन कुईकेल, राम भजन कामत, प्रयाग न्यौपाने, मन्तोष यादव, राम राजवंशी, रविन चिमौरिया, सन्तोष गौतम, ओम प्रकाश निरौला ।
प्रतिक्रिया