Bisal Chautari Logo

किराँतहरुको महान चाड साकेला उभौली टुडिखेलमा धुमधामका साथ मनाए (फोटो फिचर सहित)

- २६ जेष्ठ २०८१, शनिबार २३:१५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ २६ शनिवार ।
किराँत समुदायहरुको महान चाड साकेला उभौली पर्व धुमधामका साथ मनाएको छ । हरेक वर्षझैं यो वर्ष पनि शनिबार किराँत समुदायहरुले काठमाडौको टुडिखेलमा आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो ।

किराँत समुदायमा बाली लगाइने समय अर्थात् गर्मी मौसम सुरू भएपछि अन्नबाली सप्रियोस् भनेर उभौली पर्व मनाउने चलन छ । उभौली पर्वका अवसरमा किराँत समुदायका मानिसहरूले एकै स्थानमा जम्मा भई नाचगान गरेर एक आपसमा शुभकामना आदानप्रदान गरेका छन्।

आज काठमाडौंको टुँडिखेलमा किराँत समुदायले साकेला नाच्दै उभौली मनाएको छ । विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आई बसेका किराँत समुदायका मानिसले जातीय भेषभूषामा सजिएर काठमाडौंको टुँडिखेलमा जम्मा भई नाचगान गरेर उभौली मनाएका हुन् । गोलो घेरा बनाएर नाचिने नाचगानमा बुढापाका, युवायुवती, बच्चा–बच्चीहरु सहभागी भएका छन् । यो पर्व वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने गरिन्छ ।

तस्बिरहरु : बिशाल राई ( FACEBOOK )

DCIM100MEDIADJI_0454.JPG
DCIM100MEDIADJI_0461.JPG
DCIM100MEDIADJI_0432.JPG
DCIM100MEDIADJI_0443.JPG
DCIM100MEDIADJI_0465.JPG

प्रतिक्रिया