Bisal Chautari Logo

राई इज किङ र तेरियाले मलेसिया हल्लाउने

- २ श्रावण २०७१, शुक्रबार १७:२९ मा प्रकाशित


rajesh payal rai and Teriya Magar
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २ शुक्रबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राई र डान्स इन्डिया डान्स लिटिल मास्टर २०१४का विजेता तेरिया मगरले मलेसिया हल्लाउने भएका छन् । यी दुई कलाकारहरुले मलेसियामा बस्ने नेपालीहरु माझ आ–आफ्नो प्रस्तुती मार्फत मलेसिया हल्लाउने भएका हुन् ।rajesh payal rai and Teriya Magar
केही महिना अगाडी साङ्गीतिक वल्ड टुरका लागी निस्किएका गायक राजेश पायल अहिले अमेरीकामा कन्र्सटकै लागी रहेका छन् । उता डान्स इन्डिया डान्स लिटिल मास्टर २०१४ की बिजेता तेरिया मगरको भने पहिलो विदेश भ्रमण यही कार्यक्रमबाट सुरुवात हुदैछ । साथमा यस कार्यक्रममै हास्य कलाकार दमन रुपाखेती र अभिनेत्री पुजना स्त्रीले पनि आ–आफ्नो पर्फमेन्स दिने भएका छन् । जुलाई २६ बाट सुरु हुने कार्यक्रम ४ दिन सम्म चल्नेछ ।

प्रतिक्रिया