Bisal Chautari Logo

गोविन्द भट्टको ‘तँई का ठमक’मा प्रियंका र बेनिषाको हट अवतार

- २५ जेष्ठ २०८१, शुक्रबार १९:०० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ २५ शुक्रवार ।
अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल
गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ ।

गोविन्द भट्ट यस गीतका गीतकार हुन्, भने बाबुल गिरी संगीतकार । भिडियोमा प्रियंकार बेनिषासँग दुबैको जोडी सुहाएको देख सकिन्छ । गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया