बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ २४ बिहिवार । यहि जेठ २५ शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्र हेर्न नेता, साहित्यकारदेखि चलचित्रकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र हेरेपछि अधिकांशले नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटोले गाउँ’ले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । गाउँमा विकाससँगै के-कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् ।
चलचित्रकी मुख्य अभिनेत्री पशुपति राईले म आफ्नो चलचित्र हेरेर आफै रोएको बताइन् । चलचित्रलाई नेपाली दर्शलले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रबारबाट नेपालभर रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् ।
अभिनेता दयाहाङ राई चलचित्रलाई प्रिमियरमा साँच्चिकै गजबको प्रतिक्रिया पाइरहेका छौं । शुक्रबारबाट विशेषगरी दर्शकमाझ जाने भएकाले पनि नेपाली चलचित्रका सच्चा दर्शकबाट कस्तो प्रतिक्रिया मिल्ला भन्ने प्रतिक्षा रहेको सुनाए । विदेशी दर्शकले रुचाएकाले पनि चलचित्रले नेपाली दर्शकले पनि रुचाउने विश्वास उनलाई उत्तिकै रहेको छ ।
नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । चलचित्रको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।
प्रतिक्रिया