Bisal Chautari Logo

हङकङमा ‘गोर्खा वारियर’को भब्य प्रदर्शन, उत्कृष्ट प्रतिकृयाले मिलन र रितेश दंग

- २४ जेष्ठ २०८१, बिहीबार १३:३२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ २४ बिहिवार ।
ऐतिहासिक रेकर्ड ब्रेक चलचित्र ‘गोर्खा वारियर’ हङकङमा भब्य रुपमा प्रदर्शन भएको छ । बेलायतमा ऐतिहासिक ग्राण्ड रेड कार्पेट प्रिमियर, बाफ्टा अवार्डमा पहिलो चोटि नेपाली फिल्म नोमिनेशन लगायत अनगिन्ती इतिहास रच्न सफल चलचित्र ‘गोर्खा वारियर’ले हङकङमा शानदार शो सम्पन्न गरेको छ ।

किरात राई यायोख्खा हङकङको आयोजनमा जुन दुइ तारिख वाम पो सिनिमा सिटी हल हङकङमा चलचित्र ‘गोर्खा वारियर’ को शो भएको थियो । हङकङमा ३ वटा शोहरु हाउसफुल भएको थियो । जहा १००० बढि दर्शकहरुले ‘गोर्खा वारियर’ हेरेका थिए । फिल्म हेर्ने सबै दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रया पाएको छ । शोमा चलचित्रका निर्देशक मिलन चाम्स, अभिनेता रितेश चाम्स लगायत चलचित्रका अन्य टिमको पनि उपस्थिति रहेको थियो । मिलन हङकङमा पाएको माया र चलचित्र ‘गोर्खा वारियर’ले पाएको सफल्ताले दंग छन् ।

बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरे संगै चर्चा कमाएको चलचित्र ‘गोर्खा वारियर’ ले हलमा पनि दर्शकको माया पाउन सफल बनेको थियो । बिशेष गरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट हुनु नै हो । बाफ्टामा चलचित्रको मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ, नेपाली चलचित्र इतिहासमा ‘गोर्खा वारियर’ ले एक महत्वपूर्ण कोसेढुङ्गा सावित ग¥यो ।

चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेअर राई, बिरूप घले, आरुष जंग सारु, सारा राई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन रहेको छ ।

चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा ज्योतिराज राई ,प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

प्रतिक्रिया