Bisal Chautari Logo

नाच्न जान्दिनं भन्दै ठुम्का लगाउने ‘हिम्मतवाली’ रेखाको कर्के नजर कस्लाई (भिडियो सहित)

- २ श्रावण २०७१, शुक्रबार १४:५५ मा प्रकाशित


Rekha Thapa himmatwali song Khasai Ramro Natchna Ta Jandina Ma
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २ शुक्रबार । अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन एवं शिर्ष अभिनय रहेको चलचित्र ‘हिम्मतवाली’ को नयाँ गीत रिलिज गरिएको छ । फुलपातीमा देशभर प्रदर्शन हुने यो चलचित्रको गीत नजिकिदैं गरेको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको हो ।Rekha Thapa himmatwali song Khasai Ramro Natchna Ta Jandina Ma (1)
चलचित्रको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत बसन्त सापकोटाको हो । खासै राम्रो नाच्न त जाान्दिन म, यसो कम्मर मर्काउने मात्रै हो, लाली जोवन दिन्नं म कसैलाई हुन्छ, हुन्छ भनी पर्खाउने मात्रै हो बोलको गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन् । शब्द सुन्दा लाग्छ, एकनारायणले रेखाको आनीबानीलाई नै हेरेर गीत तयार गरेका हुन् । रेखाका वास्तवीक आनीबानी गीतसाग मेल खान जान्छ । फिल्म ‘हिम्मतवाली’ कै लागि रेखाले आफ्नो तौललाई बढाएकी थिइन् । Rekha Thapa himmatwali song Khasai Ramro Natchna Ta Jandina Ma (2)उनले झन्डै ५ केजी तौल बढाएको बताइन् । रेखाले हासदै भनिन्, ‘अहिले त म स्लिम भएकी छु ।’ रेखाले ‘हिम्मतवाली’ मा दुवै हात गुमाएका सुदर्शन थापालाई हिरो बनाएकी छिन् । जो सर्वोच्च शिखर सगरमाथाको सफल आरोही पनि हुन् । यसअघि सार्वजनिक गरिएका ‘काली तिम्रो नजरैले’ र रेखा र सुदर्शनको रोमान्टिक गीत बजारमा हिट भैसकेका छन् । फिल्ममा टंक बुढाथोकीको पनि संगीत छ ।

प्रतिक्रिया