Bisal Chautari Logo

तीज म्युजिक अवार्डपनि हुने

- २ श्रावण २०७१, शुक्रबार १०:४७ मा प्रकाशित


teej music award 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २ शुक्रबार । गीतसंगीत र चलचित्र क्षेत्रको मात्र अवार्ड भइरहेको बेलामा गीतसंगीतकै एउटा फरक पाटोलाई समेटेर अवार्ड हुने भएको छ । सांस्कृतिक एवं नेपाली हिन्दु नारीहरुको महान् पर्व तिजलाई मात्रै समावेश गरेर अवार्ड गरिने भएको छ ।teej music award 2014
बजाज इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको ‘तिज म्यूजिक अवार्ड २०७१’ मा तिजलाई नै मध्यनजर गरेर बजारमा आएको गीतहरुलाई समावेश गरिने भएको छ । पछिल्लो समय तिज गीतहरुले पाश्चात्य शैलीमा आफ्नो संस्कृति भुल्दै गइरहेको आरोप खेपिरहेको अवस्थामा आफ्नै मौलिक कला संस्कृतिलाई प्रोत्साहन गर्नका लागि तिज म्यूजिक अवार्ड आयोजना गरिएको अवार्डका अध्यक्ष बीएस लामिछाने (राजु बजाज)ले बताए । लामिछानेले तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहेको र आरोप–प्रत्यारोप बीचमा पनि तिज गीतहरु फस्टाउने क्रम बढिरहेको हुादा यसलाई अझ फराकिलो बनाउने उद्देश्यले तिज अवार्ड आयोजना गरेको बताएका छन् ।
हिजो विहीबार बजाज इन्टरटेन्टमेन्टले प्रेस विज्ञप्ति जारी गर्दै तीज म्युजिक अवार्ड –०७१ गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ : तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या १०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहन बाट वञ्चीत छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो । तीज म्युजीक अवार्ड –०७१ आगामी तीजका अवसरमा भाद्र ९ गते एक भव्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरिनेछ । उक्त अवसरमा तीजको सांस्कृतिक प्रस्तुति सहित सहभागीलाई दर खुवाएर रिति एवं परम्पराको सम्मान गर्दै कार्यक्रमलाई मौलिक एवं भव्य बनाइनेछ । अवार्डमा सहभागी हुनको निमित्त तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायीका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल (महिला+पुरुष), छाायाकार, सम्पादक विधामा आफ्नो गीतलाई श्रावण मसान्त भित्र दर्ता गरिसक्नु पर्ने छ । यी ११ विधा सहित पब्लिक च्वाईस अवार्ड समेत उक्त अवसरमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । अवार्डलाई भव्यताका साथ सम्पन्न गर्नका लागि छायााछवि क्रियशनले इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएको छ ।

प्रतिक्रिया