Bisal Chautari Logo

‘आउट लः २१९’को फस्लटुक सार्वजनिक, एङ्ग्री मुडमा देखिए सुशिल

- १७ जेष्ठ २०८१, बिहीबार १७:१५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
२०८१ जेष्ठ १७ बिहिवार
असोज ३ बाट रिलिजमा आउने स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘आउट लः दभा २१९’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा चलचित्रका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।अमित अग्रहरिको निर्माणमा तयार भएको यो चलचित्रको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो चलचित्र असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ । चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन छ ।

चलचित्रमा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो चलचित्रमा साहिल खानको सम्पादन छ ।

चुल्ठे काजीको एक्सन रहेको चलचित्रमा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको चलचित्रमा श्रृजना सुत्रको कास्टिङ छ । यो चलचित्रको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो । फस्टलुकसँगै चलचित्रप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ ।

अभिनेता सुशिल श्रेष्ठका लागि यो चलचित्र बलियो कमब्याको रुपमा रहने चर्चा फिल्मीवृत्तमा चलिरहेको छ । यो चलचित्रलाई देशभर डीसीएनले वितरण गर्नेछ । 

प्रतिक्रिया