Bisal Chautari Logo

सुनितालाई अब ‘जताततै रातै’ (सुटिङ रिपोट||फोटो फिचर सहित)

- २ श्रावण २०७१, शुक्रबार ०५:४२ मा प्रकाशित


गायिका सुनिता दुलालको तिज गीतको सुटिङ हेर्न स–साना बालबालीकाहरुदेखी विद्यार्थी, बुढाबुढी, महिला अनी बढी युवा केटाहरु थिए ।

sunita dulal teej song 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २ शुक्रबार । महिलाहरुको हरीतालिका तिज नजिकिदै जादा गायिकाहरु नयाँ तिजको गीत ल्याउनमा अहिले ब्यास्त बनेका छन् । यस्तै क्रममा निकै लामो समयदेखी तिजको अवसरमा नयाँ–नयाँ गीतहरु ल्याउदै आएकी चर्चित गायिका सुनिता दुलाललपनि अहिले ब्यास्त बनेकी छिन् ।sunita dulal teej song 2014 (1)
केही दिन अगाडी काठमाडौको थापाथली स्थीत एक मन्दिरमा गायिका सुनिता दुलालल दिनैभरी तिजको गीतमा नाच्न ब्यास्त रहेकी थिइन् । ‘जताततै रातै’ बोलको गीतमा छायाकन भइरहेको म्युजिक भिडियोलाई नृत्य निर्देशकबाट निर्देशनका आएका गोबिन्द राईले निर्देशन गरिरहेका थिए । पछिल्लो समयमा विदेश कार्यक्रमहरुमै बढी ब्यास्त रहने गरेकी गायिका दुलाल तिजको एल्बमकै लागी अहिले नेपाल रहेकी छिन् । आफ्ना फ्यानहरुले तिजको नयाँ गीत कहिले आउछ भनेर पहिल्येदेखी जिज्ञासा राखिरहेकालेपनि आफुले तिजको अवसरमा एल्बम ल्याउनमा लागी परेको गायिका सुनिता दुलालले बताइन् । तिज एल्बम २०१४–नाचौ सरर केही दिनपछी बजारमा आउने गायिका दुलालले बताएकी छिन् ।

फोटो स्लाइडमा हेर्नुहोस् 

[gss ids=”4569,4572,4568,4567,4577,4576,4575,4574,4573,4571,4570,4566″]

तिज गीतको सुटिङ करिव दिनैभरी चल्यो । सो गीतको सुटिङ हेर्नका लागी गायिका दुलालका फ्यानहरु दिनैभरी घार र पानी झेल्दै बसिरहेका थिए । स–साना बालबालीकाहरुदेखी विद्यार्थी, बुढाबुढी, महिला अनी बढी युवा केटाहरु सुटिङ हेर्नमा ब्यास्त रहेका थिए ।
गायिका सुनिता दुलालले यो भन्दा अगाडीका वर्षहरुमा ल्याएको तिजको गीतहरुले राम्रो चर्चा पाएको थियो । अब त मैले नी झुम्का लगाउछु, तिजको दर, मेरो हजुर लगायत थुप्रै तिज गीतहरु चर्चामा रहेका थिए । यस्तै अन्य वर्षहरुमा जस्तै यस वर्षको तिजको गीतपनि राम्रो बनेको गायिका दुलालले बताइन् । त्यस्तै निर्देशक गोविन्द राईलेपनि गीत राम्रौ भएकाले म्युजिक भिडियोलाईपनि आफुले उत्कृष्ठ निर्देशन दिने प्रयास गरेको बताए ।

प्रतिक्रिया