Bisal Chautari Logo

हर्सिका र विक्किको ‘साइकल’ यात्रा सकियो

- १ श्रावण २०७१, बिहीबार १४:५२ मा प्रकाशित


harshika shrestha and vicky malla
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १ बिहीबार । पछिल्लो समयमा व्यास्त बनिरहेकी अभिनेत्री हर्सिका श्रेष्ठ र अभिनेता बिक्की मल्लद्धारा अभिनीत चलचित्र ‘साइकल’को निर्माण कार्य सकिएको छ । दशैंपछि रिलिज गर्ने लक्ष्य लिइएको चलचित्र ‘साइकल’ले सेन्सर बोर्डबाट युनिभर्सल सटिफिर्केट पाएपछि निर्देशक शिव घिमिरे अहिले प्रफुल्ल भएका छन् ।harshika shrestha and vicky malla
युनिभर्सल भएको हुनाले फिल्म जुनसुकै उमेरका दर्शकले हेर्न पाउनेछन् । संगीतकार राजेन्द्र श्रेष्ठद्धारा निमिर्त चलचित्र निर्देशक घिमिरेले नै लेखेका हुन् । चलचित्रमा निर्माता श्रेष्ठको संगीत, कविराज गहतराज र प्रदीप खड्काको नृत्य, निरज कँडेलको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ ।
साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई अतिथि भूमिकामा देखिने चलचित्रमा विक्की मल्ल, हषिर्का श्रेष्ठ, रामचन्द्र अधिकारी, दिनेश डिसी, विजय देउजा, रोशनी भट्ट, आनन्द पुन, गोविन्द केसीलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया