Bisal Chautari Logo

थाइल्याण्डमा सुटिङ गरिएको ‘स्टुपिड मन’को शिर्ष गीत रिलिज (भिडियो सहित)

- ३१ असार २०७१, मंगलवार १३:५५ मा प्रकाशित


Auta Sano Ghar Basau Bhanchha Stupid Mann (Tital song)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ३१, मंगलबार । अभिनेता निरज बरालले निर्माण गरेको चलचित्र ‘स्टुपिड मन’को शिर्ष गीत रिलिज गरिएको छ । भदौ २० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘स्टुपिड मन’को शिर्ष गीत गत आइतबार सार्वजनिक गरिएको हो । ‘स्टुपिड मन’ बोलको गीतमा अभिनेता जीवन लुइटेल र अभिनेत्री चाँदनी शर्माले थाइल्याण्डको विभिन्न चर्चित रमणिय स्थानहरुमा गरेको रोमान्सलाई देखाइएको छ । Auta Sano Ghar Basau Bhanchha Stupid Mann (Tital song) (1)
दिवाकर भट्टराइद्धारा निर्देशित चलचित्र ‘स्टुपिड मन’को सार्वजनिक गीतमा गायिका अञ्जु पन्त र गायक सनुप पौडेलले स्वर दिएका छन्, भने अर्जुन पोखरेलको संगीत रहेको छ । यस गीतको कोरीयोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्र ‘स्टुपिड मन’को सम्पुर्ण दृश्य थाइल्याण्डमै सुटिङ गरिएको हो । केही समय अगाडी रिलिज भएको यही चलचित्रको गीत अहिले दर्शक श्रोताहरुले मनपराइरहेका छन् । सार्वजनिक भएको चलचित्रको शिर्ष गीत भएकाले पनि दर्शक श्रोताहरुले अझ यस गीतलाई मनपराउने निर्माण युनिटको आसा रहेको छ ।

[gss ids=”4553,4552″]

चलचित्र ‘स्टुपिड मन’मा अभिनेता जीवन र चाँदनीसंगै सिनेमाका निर्माता समेत रहेका अभिनेता निरज बराल, रिजु श्रेष्ठ र मार्टिन खानको मुख्य भुमिका रहेको छ । समिप्य तिमल्सिनाले लेखेको पटकथामा संजय लामाको छायाकन रहेको छ । चलचित्रमा करणराज कार्की र अर्जुन पोखरको संगीत रहेको छ भने अष्ट महर्जनको द्धन्द्ध रहेको छ ।
सार्वजनिक भिडियो हेर्नुहोस् ।

Auta Sano Ghar Basau Bhanchha Stupid Mann (Tital song)
Movie: Stupid Mann
Singer: Sanop Poudel/Anju Panta
Artist: Jeewan Luitel/Chadani Sharma
Music:Arjun Pokhrel
Lyric: Diwakar Bhattrai
Choreographer: Kabiraj Gahataraj
Editor: Dirgha Khadka
Producer: Niraj Baral/Bibek Shahi
Direction: Diwakar Bhattrai

प्रतिक्रिया