Bisal Chautari Logo

विश्कप फाइनलमा नेपाली फुटबल खेलाडी, १६ मोडलसंग र्‍याम्पमा हिडे (फोटो फिचर सहीत)

- ३० असार २०७१, सोमबार २३:३४ मा प्रकाशित


nepali football players in ramp walk
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ३०, सोमबार । विश्वकप फाइनलको दिन आइतबार राजधानीको होटल अन्नपूर्ण खेलकुद र फेसनमय बन्यो । जर्मनी र अर्जेन्टिनाबीचको फाइनल खेल हेर्न आएका दर्शकहरु करिब दुई घण्टासम्म फेसनको माहौलमा रमाए । बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रा.लिले आयोजना गरेको ‘ग्ल्याम स्पोर्टस’ कार्यक्रममा नेपालका चर्चित फूटबल खेलाडी र मोडलहरुको विशेष फेशन शो गरिएको थियो ।nepali football players in ramp walk (1)
विभिन्न ६ वटा सिक्वेन्समा भएको फेसन शोमा हरि खड्का, विराज महर्जन, किरण चेम्जोङ, विशाल श्रेष्ठ, नविन न्यौपाने, लक्ष्मण रुसाल, दीपक भुषाल जस्ता फूटबलका युवा खेलाडीले १६ जना मोडलसाग र्‍याम्पमा हिाडेका थिए । स्पोटर्सवेयर, साडी, लेंगा, वानपिसलगायतको सिक्वेन्समा खेलाडी तथा मोडलहरु र्‍याम्पमा उपस्थित भएका थिए । कारिया बुटिक, लण्डन फेसन हाउस, रिबोक र नेपाल फेसन हाउसको डिजाइनमा तयार पारिएका पहिरन मोडल तथा खेलाडीले पहिरिएर र्‍याम्पमा प्रदर्शन गरेका थिए ।

[gss ids=”4541,4547,4546,4545,4544,4543,4542,4540,4539,4538,4537″]

कार्यक्रमको आकर्षणका रुपमा स–साना बालबालिकाहरुले विश्वकपमा सहभागी विभिन्न चर्चित राष्ट्रका जर्सी लगाएर र्‍याम्पमा देखिए । फूटबल खेलाडी हरि खड्काका छोरा, आयोजक धिरज तण्डुकारको छोरी रिब्या तण्डुकारलगायतले मोडल तथा खेलाडीसाग क्याटवक गरेका थिए । कार्यक्रमलाई थप रोचक बनाउन हाास्य कलाकार महादेव त्रिपाठीले प्रहसन गरेका थिए भने विभिन्न कलाकारले नृत्यसमेत प्रस्तुत गरे । दर्शकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा फेशन शो सकिएपछि डिजे शिशिरले एक घण्टासम्म दर्शकलाई नचाए ।
‘कार्यक्रम सोचे भन्दा राम्रो भयो, हामी खुशी छौं,’आयोजक संस्थाका प्रमुख धिरज तण्डुकारले भने,‘खेलकुद र मनोरञ्जनमा रमाउन चाहने आम युवापुस्तालाई ध्यान दिादै हामीले कार्यक्रम गरेका हौं ।’ खेलाडी तथा मोडललाई सञ्जित श्रेष्ठले कोरियोग्राफी गरेका थिए । कार्यक्रमका संयोजक प्रमोद श्रेष्ठ हुन् ।
संस्थाले यसअघि ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’, ‘मन्सुन फेसन परेड’, ‘मिस चितवन’, ‘फेसन यात्रा’, ‘मिस टिन ग्रिन नेपाल’ जस्ता कार्यक्रम आयोजना गरिसकेको छ ।

प्रतिक्रिया