Bisal Chautari Logo

चलचित्र ‘रावायण’मा पलको एक्सन अवतार

- ३० चैत्र २०८०, शुक्रबार १८:२३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं
, २०८० चैत्र ३० शुक्रवार
  चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिदै छन । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको चलचित्र ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देखन पाउने भएका हुन । यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन ।
दुई बर्ष यता पल चलचित्रमा देखिएका छैनन । लामो समयको अन्तरलामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाई भन्दा भिन्न छविमा देख्न पाउने भएका हुन । पलको ‘रावायण’ भन्दा पहिला ‘पुजार सार्की’ चलचित्र रिलिज हुने छ । त्यहाँ पनि पल लभर ब्वाई नबनेर भिन्नै चरित्रमा देखिदै छन ।
२०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको चलचित्र ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदैछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्रको मुख्य कलाकारहरुमा पलसंगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । चलचित्रको संगितको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

प्रतिक्रिया