Bisal Chautari Logo

प्रविन र ह्वीलचियरबाट जन्मिएको अर्को नाम ‘मोक्ष’

- २२ माघ २०७०, बुधबार १७:४३ मा प्रकाशित


ब्रेकर : ‘बिशेष गरेर शारिक अशक्तता भएका मानिसहरुलाई समाजले हेर्ने दृष्टिकोण, शारिरिक अशक्तता भएका र नभएकाहरु बीचको विभेद, आपांङ्ग मैत्री भवन, अपाङ्गहरुका लागी बाटो नबन्दा उनीहरुले बेहुर्नु परेको पीडा लगायतहरुमा आफुले चलचित्रको माध्ययमबाट सकारात्मक परिवर्त चाहेको प्रविनले बताए ।’
बिशाल राई/बिश्वास खड्का थोकी
काठमाडौं, २२ माघ । रहेक मानिसहरुको सफलता उनीहरुको जिवन भोगाईसंग जोडिने गर्दछ । चर्चा त केवल सकारात्मक सफलताको परिणाम मात्र हो । तर सफल व्याक्तिले सो सफलता कसरी पाए भन्ने पक्ष सबैभन्दा ठुलो कुरा हो ।
यस्तै पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा एउटा ह्विलचियरसंग जोडिएका व्याक्ति विभिन्न पत्रपत्रिका, देखी सामाजिक सञ्जालसम्म चर्चामा रहेका छन् । अहिले उनको नाम ह्विलचियरसंग धेरै जोडिएको छ । त्यो ह्विलचियरसंग जोडिएको नाम हो प्रविन श्रेष्ठ । पछिल्लो समयमा चर्चामा रहेको सिनेमा ‘मोक्ष’लाई उनले ह्विलचियरमै बसेर कलाकारहरुलाई एक्सन र कट भने । ह्विलचियरमै बसेर शहरदेखि डाडाा पाखाा, धाउदै चलचित्रको निर्देशन सकाए ।
चलचित्रका निर्देशक प्रविन श्रेष्ठकै जिवनीमा आधारीत चलचित्र ‘मोक्ष’ तयार भएको छ । उनी जिवनमा केहि बन्ने रहरहरु बोकेर अगाडी बढ्ने क्रममा सन् १९९७ कालो दिन बन्यो । त्यो वर्षको घटनाले प्रविणलाई मेरुदण्ड पक्षघात बनाएपछि उनलाई जीवनभर ह्वीलचीयरको शाहारा छोडेर गयो । सो घट्ना भएको करिव ६ वर्ष सम्म बन्द कोठामै बसेर आफ्नो स्वास्थ्य लाभको कामना गरिरहे । तर उनको उपचारमा सम्लग्न न्युरोलोजिस्ट डाक्टर बसन्त पन्थको सानो सल्लाह र आफ्नो आत्मविश्वास र क्षमताले अगाडी बढ्न साथ दियो । उनी करिव ६ वर्ष बन्द कोठा भित्रको संसारलाई छिचोल्दै ह्वीलचियरलाई साहारा बनाएर बाहिरी संसारमा आफ्ना केहि बन्ने लक्ष्यसंग लडाइ गर्न थाले । यस्तै क्रममा ह्वीलचियरकै साहारामा उनले केहि भिडियो निर्देशनपनि गरे ।

३६ बसन्तमा रमाइरहेका प्रविण फाट्ट फुट्ट म्युजिक भिडियोहरु निर्देशन गर्ने क्रममा आफ्नै जिवनका भोगाइहरुलाई समेटेर एउटा कथा तयार पारे ‘मोक्ष’ । उनले यि आफ्ना भोगाईहरुलाई सुरुमा एउटा वृत्तचित्र तयार गर्ने क्रममा थिए । तर कथा लामो भएपछि र आफैलाई कथा राम्रो लागेपछी दर्शक श्रोताहरुलाई समेत समेट्ने गरी कथानक चलचित्र बताउने संकल्प लिए । यहि क्रममा नेपाली चलचित्र क्षेत्रमा सकृय रहेका चलचित्र वितरक तथा निर्माता सुनिल मानन्धरले प्रविणको जिवनीलाई अध्ययन गरेरै लगानि गर्न तयार भए । केहि समय अगाडी चलचित्र ‘मायाज बार’मा मोटो रकम लगानी गर्दा चलचित्र डुबेपछि उनले एक कार्यक्रममा चलचित्रमा अव लगानी नगर्ने बताएका थिए । यस्तै क्रममा निर्देशक प्रविनले चलचित्रमा लगानी गर्न निर्माता मानन्धरलाई नै पटक–पटक फोन गरे । चलचित्रमा लगानी गर्ने कुरा आउने वित्तिकै उनले फोन काटिदिने गरेका थिए । प्रविनको फोनपनि धेरै चोटि काटियो । तर धेरै आग्रहपछि निमार्ता मानन्धर भेट्का लागी तयार भए । निर्देशक प्रविण ह्विलचियरले गर्दा निर्माता मानन्धरको अफिसमै पुग्न सकेनन् । प्रविणले फोन गरेर अफिसको तल बलाए । निर्माता मानन्धर अफिसमै नआएको रिसले अफिस मुनी झर्दा ह्विलचियरमा बसेका एक जवान केटोलाई देखेर भावुक भए । निर्माता मानन्धरले आफुले बनाएको चलचित्रहरुको स्कृप्ट खासै नपढ्ने गरेपनि निर्देशक प्रविनको जिवनीमा आधारीत चलचित्रको स्कृप्ट छोटकरीमा पुरै अध्ययन गरे । अध्ययनपछी भावुक हुदै निर्माता मानन्धर चलचित्रमा लगानी गर्नका लागी राजी भइहाले । त्यसपछि २०१२ अक्टोवरदेखि चलचित्रको शुटिङको काम भयो । त्यसपछि ६ महिनाबाट ३५ दिनको समय निकालेर सुटिङ सकाएको प्रविनले बताए । चलचित्रमा २००३ देखि २००६ सम्मको कथा भएकाले विभिन्न टेक्नीकल कुराहरुलाई म्यानेज गर्नको लागि सुटिङ सक्काउन छ महिनाको लामो अवधि लिनु परेको निर्देशक प्रविणले बताए ।
आफुलाई ह्वीलचियर बोकिएर सुटिङ स्थलसम्म पुग्नको लागि धेरै गाह्रो पर्ने गरको उनी बताउछन् । विसालचौतरीसागको कुराकानिको क्रममा प्रविणले चलचित्रको सुटिङको क्रममा भएका प्रसंगहरुको बाल्दै भने–‘सुटिङको बेला लामो यात्रा गर्नु पर्ने, लामो समयसम्म ह्वीलचियरमा एउटै आसनमा बसिरहदा घाउा भएर हैरान भएको थिए ।’ हरेक युवाहरुले देखेको सपना निरन्तर संघर्षपछि पुरा हुने र जीवनसाग हार मान्नुहुादैन भन्ने किसिमको सन्देश चलचित्र दिइएकोपनि प्रवीनले बताए ।
निर्देशक प्रविनले विशाल चौतारीसंगको कुराकानिको क्रममा भने–‘यो चलचित्रमा मेरा जिवनका सत्य घटनाहरुमा आधारीत रहेको छ । यसमा ९० प्रतिशत वास्तविक कथा र १० प्रतिशत मात्र काल्पनीक रहेको छ ।’ चलचित्रको माध्ययमबाट अपांङ्गताको समस्यालाई बुभियोस् र अपाङ्ग प्रतिको धारणामा परिवर्तन आइयोस् भन्ने रहेको छ । बिशेष गरेर शारिक अशक्तता भएका मानिसहरुलाई समाजले हेर्ने दृष्टिकोण, शारिरिक अशक्तता भएका र नभएकाहरु बीचको विभेद, आपांङ्ग मैत्री भवन, अपाङ्गहरुका लागी बाटो नबन्दा उनीहरुले बेहुर्नु परेको पीडा लगायतहरुमा आफुले सकारात्मक परिवर्त चाहेको प्रविनले बताए ।
चलचित्रमा गायक कोशिश क्षेत्री र अभिनेत्री बेनीशा हमाल मुख्य भूमिका रहेका छन् । चलचित्रमा मनिश गोधार, विक्रम सिंह, दुर्गा बराईली, दिपेश भण्डारी, विशाल ढुंगाना, बसन्त भट्ट, सपना श्रेष्ठ लगाएतको अभिनयपनि दमदार रहेको छ । चलचित्रमा संञ्जीव सिङ, नवकान्टी ब्याण्ड, रक शास्त्र ब्याण्ड र ढिलुङ राईको संगित रहेको छ । त्यसै गरी योगेन्द्रमणि दाहाल लगाएतको शव्द तथा सञ्जिव सिंह, नवकान्टी व्याण्ड, श्रेया सोताङ, रकशास्त्र व्याण्ड र रविन श्रेष्ठको स्वर रहेको छ । चलचित्र यहि माघ २४ गते बाट अल नेपाल रिलिज हुदैछ ।

प्रतिक्रिया