Bisal Chautari Logo

चलचित्र ‘ज्वाइँ साब’मा हिमेश पन्त अनुबन्धित

- २८ चैत्र २०८०, बुधबार २२:५९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं
, २०८० चैत्र २८ बुधवार
  हाँस्य कलाकार हिमेश पन्त चलचित्रमा  पनि व्यस्त हुन थालेका छन् । उनले, नयाँ चलचित्र ‘ज्वाइँ साब’ साइन गरेका छन् । निर्माणपक्ष र उनीबिच चलचित्रका लागि कागजी संझौता भइसकेको छ ।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह फाइनल भइसकेका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुने यो चलचित्रमा हिमेशको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।
यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो चलचित्रमा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् । 

प्रतिक्रिया