Bisal Chautari Logo

चलचित्र ‘लण्डन टु पेरिस’को पहिलो गीत सार्वजनिक

- २७ चैत्र २०८०, मंगलवार १९:१६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं
, २०८० चैत्र २७ मंगलवार
 घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को ‘खुल्ला आकाश’ बोलको पहिलो गीत रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा युवापुस्ता माझ चर्चित संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् ।

प्रतिक्रिया