Bisal Chautari Logo

‘ज्वाइँ साब’मा जीतुको जोडी नीति शाह

- २७ चैत्र २०८०, मंगलवार ०१:११ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं
, २०८० चैत्र २६ सोमवार ।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो ।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो चलचित्रको कथा पढेपछि काम गर्न आफू निकै उत्साहित भएको नीतिको भनाई छ । यो चलचित्रमा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु चलचित्रको शिर्ष भूमिकामा अनुवन्धित भइसकेका छन् ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो चलचित्रमा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् ।

चलचित्रमा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

बैशाखको १५ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको तिहारलाई फाइनल गरिएको छ ।

नायिका नीति शाहले यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को चलचित्र हो ।

प्रतिक्रिया