Bisal Chautari Logo

चलचित्र ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न

- २७ चैत्र २०८०, मंगलवार ०१:०१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं
, २०८० चैत्र २६ सोमवार ।
शनिवार साँझ विश्व ज्योति हल जमल काठमाडौँमा चलचित्र ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको चलचित्रको लेखनरनिर्देशन राजबहादुर सानेले गरेका छन ।
चलचित्रमा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर, पदम तामाङ, कृष्णबहादुर थापा, रोशन थापा लगायतको अभिनय छ ।
रोशिका फिल्मसको ब्यानरमा बनेको चलचित्रको कार्यकारी निर्मातामा कमलप्रसाद शर्मा र खेमराज विक  छन् भने निर्मातामा यमकान्त भन्डारी छन् । चलचित्रका सह–निर्मातामा कृष्णबहादुर थापा (काजी), नवराज अधिकारी, जगदीश महर, सुशील गौतम, जेनि मगर (प्रगति) रहेका छन् ।
चलचित्रमा अरुण सुनारको छायाङ्कन, पुर्ण संयोग र बसन्त सापकोटाको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, चेतनबहादुर सामतको रङ संयोजन, यज्ञ जङ्ग बिकको मुख्य सहायक निर्देशन रहेको छ।
चलचित्रले फरक क्षमता भएका व्यक्तिहरुको मनोभावनामा समसामयिक सामाजिक सन्देश मुलक कथा प्रस्तुत गरेको छ । विशेष शोमा पूर्व भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला, केपी पाठक, दीपाश्री निरौला, बद्री पङ्गेनी, प्रेमनाथ अधिकारी र गोपालकाजी कायस्थलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया