Bisal Chautari Logo

संगित साधक सन्तोष गित गाउँदै, बजाउदैँ

- २८ असार २०७१, शनिबार १४:१४ मा प्रकाशित


Santosh Dumee
भिम राई
काठमाडौं, २०७१, असार २८, शनिबार ।
ईसाना आँखामा ठुलो सपना बोकेर उड्न ।
म सक्छु शान्तिको यो ज्योति बोकेर कुद्न ।। आफ्नो जिन्दगीको शुरुवातमा बालगीत प्रति अतिरुची राख्ने एउटा सानो तर सुन्दर गाँउका चन्चले बालक वर्तमान नेपाली संगितको उदाउँदो तारा हुन सन्तोष दुमी पुर्वबाटै झुल्किएको जस्तो नेपाली संगितमा झुल्किदो अवस्थामा भेटिन्छन् । रावाखोलामा चिसोपानी बगेसरी संगितको सरगममा रातदिन बगिरहने यि संगित साधक दुमी काठमाडौको स्टेज कार्यक्रमहरु जम्दै चोक र गल्लिहरुमा छरपष्ट भएर पोखिन थालेका छन् ।Santosh Dumee (1)
सानो छु बढ्दै छु माथी माथी चढ्दै छु ।
सानो भएँ भन्दैमा फुच्चे भन्न पाईन्छ र ? पाईदैन पाईदैन
लुक लुक जाडो उस्तै, जाडो उस्तै हो लाग्छ ठण्डि टुसारो
तिम्रो जाडो बाख्राले खान्छ भन्न पाईन्छ र ? पाईदैन पाईदैन
माथिको बालगित पहिलो चोटीको साधनाबाट जन्मिएको सिर्जना हो दुमीको । दुईदर्जन बढी बालगित, र करिब तीनसय हाराहारीको गितहरुमा संगित दिईसकेका युवा संगितकर्मी दुमी संगितको अलवा गित गाउनपनि माहिर मानिन्छ । काठमाडौ भित्र या बाहिर हुने स्टेज कार्यक्रममा गित गाउनकालागी निम्ता आईरहने गरेको बताउदै दुमीले स्टुडियोमा भन्दा मेरो स्वर मञ्चमा जम्ने गरेको श्रोताको प्रतिक्रिया पाएको जनाएका छन् । सुरेश अधिकारी, सरतिा डंगोल, जगदिश समाल देखी राजेश पायल राई सम्मका कलाकारहरु संगँ संगतमा रहेका दुमि लोक, आधुनिक, पप, राष्ट्रिय, तथा बालगित सबै प्रकारका गितहरुमा उतिकै परिश्रम गरेर जमेको बताउछँन । Santosh Dumee (2)
देशमा रहेको राजनितिक अस्थिरताले नेपाली संंगित उद्योग नफस्टाएको गुनासो राख्ने दुमी संगितमै रमाउछन । कहिले गायक भएर कहिले संगितकार भएर कहिले गितकारको रुपमा उनको उपस्थिती निरन्तर नेपाली संगितमा पाईन्छ । हार्मोनियमको साथमा खेलिरहेको अवस्थामा भेटिएका उनले कस्तो गित गाएनन होला । शुरुमा ‘हाम्रो हर माटो कण कणमा शहिदको चिनो छ रगत, शहिदको सन्तान शहिद बन्छन देशले मागेको बखत’,बोलको गित गाएका दुमिले भुगोलको गित गाए ‘साल्पै राजा साल्पै रानी’ बोलको गितबट आफ्नो प्रमोसन खोजिरहेका छन् । यस्तै ‘सुुिम्नमालाई चिठि लेखांै जस्तो मलाई लाग्यो , वर्ष दिनको साकेलामा नाच्ने रहर लाग्यो’ लगायतका गितहरु बजारमा चलेका छन् । सन्तोष संगितको एक पौडीवाज हुन जुन संगितको सागरमा डुबेपछि राम्रैगरी पौडिन जान्दछन् । स्वदेश गान होस या भजन, लोक होस या आधुनिक संगितको साधनामा अब्बल छन् उनि । बालगितहरुबाट आफ्नो करिअर बनाउन थालेका उनले आफ्नै संगितमा दुईवटा बालगितको सोलो एल्बम बजारमा ल्याएर आफ्नो यात्राको शुरुवात गरेका थिए । नेपाली संगितको सबै क्षेत्रमा उतिकै सिप भएको दुमी पछिल्लो समय स्टेजका कार्यक्रममा व्यस्त रहेका छन् ।
विशेष त आञ्चलिक गित, साल्पैराजा बजाउदै बाजा, सोल्ठीनि सँग यो नया रँग सोई राजा सोई सोई सोइ राजा सोई सोई ले बजार हल्लाएका राईले नया सोलो एल्बमको समेत बिशेष तयारी गरिहेको बताएका छन् ,।
अगुवा सांगातिक अभियान्ताहरुले विशेष गरेर साधनानै बढी गरेकाले स्थापित भएको कुरा स्विाकार्छन । आफुलेपनि निरन्तर साधना गर्ने गरेको बताउदै गितको व्यावसायिक नहुनुमा संगितमा केही स्रष्टाहरुले सिन्डीकेट लागु गरेकाले संगित व्यवसाय नफस्टाएको उनको गुनासो पनि छ । सन्तोषले आफ्नो कला यात्रामा परिवार साथीहरुको साथले सफलताको सिडिमा चढीरहेका बताउछन् । कहिले युवा जोस र जागर बोकेर रुपाकोट सामुदायिक रेडियोका लागि घामले आँखा खोलिसक्यो , पाखा पर्वत चुमिसकयो उठ ए मान्छेहरु पुग्न टाढा छ भन्छन संगित र स्वर दिन्छन त कहिले डोको नाम्लो दाउरा घाँसमा आफ्नाृे जीवनको भोगाईलाई गित संगितमा व्यक्त गर्छन। आखिर जीवन त महासागर न हो यँहा सुख दु:ख त कति हुन्छ कति? राईको भनाई छ । दुख त छ आतिन्न म, सुख पाए मातिन्न म , आखिर म त मान्छे हुँ मान्छे । नेपाली संगितमा एकाधिकार बजरालाई चुनौति दिदै सही व्यवस्थापन र स्रष्टाहरुप्रतिको नेपाली मनहरुको मुल्यांकनलाई शिरोपर गर्न सक्दा यो पेशाले निकै सुन्दर आकर्षक कमाई मात्र होईन राष्ट्रको गौरबको विषयमा समेत उल्लेख्यनीय भुमिका खेल्न सक्ने उनको भनाइछ । बढ्दो संगितको पाईरासी , पैसा लगानी गरेर भएपनि शोखकालागी कला क्षेत्रमा प्रवेश गरेका एक किसिमका कलाकारहरुका कारण यो क्षेत्र व्यवसायिक बन्न गारो भएको बताउने दुमिले मिडियाहरुले समेत सन्तुलित प्रस्तुति नदिंदा र रोयल्टीको बारेमा चासो नराख्दा समस्या आएको पनि दुमीको भनाई छ ।
सबैभन्दा ठुलो आफ्नो देश हो देश बनेमात्र हामी समृद्ध देशका असल र कुशल नागरिक बन्न पाउँछौ । त्यस्का लागि मुलुकमा राजनैति स्थिरता चाहिन्छ । यसपछि कविकलाकार तथा सास्कृति कर्मी तथा संस्कृतिकाु हितमा भएका कामहरु सिर्जनशिल हुने कुरामा उनको विस्वास छ ।

प्रतिक्रिया