Bisal Chautari Logo

लोकप्रिय स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका मुख्य ६ सहर प्रस्तुति दिदै

- २३ चैत्र २०८०, शुक्रबार २२:५२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र २३ शुक्रवार।
लोकप्रिय स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका विभिन्न ठाउमा आफ्नो प्रस्तुति दिने भएका छन्।  नेपालका मुख्य ६ सहर काठमाडौँ ,पोखरा ,चितवन ,बुटुवल,इटहरी र झापामा हुन लागेको कार्यक्रम बैसाख १५ गते देखि सुरु हुनेछ ।

क्यानेडियन स्टडी सेन्टरले आयोजना गर्न लागेको कार्यक्रम बैसाख १५ मा झापा , बैसाख १६ मा इटहरी ,बैसाख २२ मा चितवन ,बैसाख २४ मा बुतुवल , बैसाख २९ मा पोखरा र काठमाडौँ मा जेठ ५ गते आयोजना हुदैछ। 

तिन बर्षपछि नेपालममा आफ्नो प्रस्तुति दिन लागेका कथाकार, साइग्रेस नेपालका लोकप्रिय कथाकार हुन्। कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तर्क्रिया गर्ने आयोजकले बताएका छन् । कार्यक्रमको टिकट क्यनडीयन स्टडी सेन्टरको सम्पूर्ण अफिसहरुमा निसुल्क प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया