Bisal Chautari Logo

किरात राई संघर्षशील पत्रकारिता पुरस्कार स्थापना

- २८ असार २०७१, शनिबार १३:३३ मा प्रकाशित


kirat rai Journalism Award established
भिम राई
काठमाडौं, २०७१, असार २८, शनिबार । किरात राई पत्रकार संघले ‘किरात राई पत्रकार संघर्षशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । कृषि विशेषज्ञ मदन राईले दिनुभएको एक लाख रुपैयााको अक्षयकोषबाट पत्रकार संघले संघर्षशील पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।kirat rai Journalism Award established
पुरस्कार स्थापनाकालागि कृषि बिशेषज्ञ राईले राजधानीमा बुधबार किरात राई पत्रकार संघलाई आज चेक हस्तान्तरण गरेका छन् । अक्षयकोषबाट प्राप्त हुने बार्षिक ब्याजबाट प्रत्येक वर्ष एक जना किराती राई समुदायका पत्रकारलाई पुरस्कृत गरिने संघका अध्यक्ष राजेश चाम्लिङ राईले जानकारी जानकारी दिए । पुरस्कारले पत्रकारिताको क्षेत्रमा क्रियाशिल राई पत्रकारहरुको प्रतिभा र हौसला बृद्धि गर्न सघाउ पुग्ने संघले जनाएको छ ।
पत्रकारिताको माध्यमबाट समुदायको विकासको लागि योगदान गर्ने किराती राई पत्रकारहरुलाई हौसला प्रदान गर्नकालागि अक्षयकोष स्थापनाकालागि सहयोग गरेको कृषिविज्ञ राईले उल्लेख गर्दै संचार क्षेत्रमा किराती राई समुदायको उलेख्य उपस्थिती होस र राम्रो प्रगतीको समेत कामना गरेका छन् । समाजिक सेवा गर्ने चाहना अनुरुप संघलाई अक्षयकोषको लागि रकम प्रदान गरेको बताउादै आफ्नो समुदायको उपस्थिती शशक्त होस भन्ने चाहाना रहेको पनि उनले बताएका छन् । पुरस्कारले सिमित स्रोतको भरमा पत्रकारिता गरिरहेका पत्रकारकालागि पेशामा टिकिरहन उत्साहित बनाउने संघका संस्थापक अध्यक्ष गणेश राईले बताएका छन् ।

प्रतिक्रिया