Bisal Chautari Logo

सलमानको ठाउँमा रवाबीर, प्रियंका या ऋतिक

- २३ माघ २०७०, बिहीबार १३:४१ मा प्रकाशित


मुम्बई : चर्चित टिवी रियालिटी सो ‘बिग बोस’ धेरै सिजन होस्ट गरीरहेका बलिउड अभिनेता सलमान खान बिग बोसको सिजन ८ होस्ट नगर्ने भएका छन् । अभिनेता सलमानले बिग बोसको होस्ट नगर्ने भएपछी यो चर्चित टिवी रियालिटी सो को कस्ले होस्ट गर्ने भन्ने बारेमा बलिउडमा कौतुहल्ता बढेको छ ।
बिग बोसका निर्माताले सिजन आठको तयारीमा जुटेका छन्, तर पहिलो चुनौती यो रहेको छ यस सो को होस्ट कस्ले गर्ने भन्ने बारेमा । बिग बोसका निर्माताले तिन जना बलिउड कलाकारहरुलाई विकल्पको रुपमा उभाएका छन् । ति तिन व्याक्ति अभिनेता रणबीर कपूर, ऋतिक रोशन र अभिनेत्री प्रियंका चोपरा ।
बिग बोस प्रोडक्सन हाउसका केही मानिसहरुको भनाई यो रहेको छ की अभिनेता सलमानले होस्ट नगरे उनलाई मनपर्ने कलाकार रणबीर कपुरले होस्ट गर्नेछन् । किन भने अभिनेता रणबीर युवा दर्शकहरुमा धेरै लोकप्रिय रहेका छन्, अनी उनको प्रसंशक फ्यानहरुको पनि रणबीरलाई होस्टको रुपमा देख्न चाहन्छन् ।

प्रतिक्रिया