Bisal Chautari Logo

चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल मुख्य भूमिकामा अनुवन्धित

- १९ चैत्र २०८०, सोमबार २१:३० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १९ सोमवार।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो चलचित्रका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई चलचित्रको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।

हाँस्य कलाकारको रुपमा चर्चित रहेका जितुको चलचित्रमा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरु पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् । यो चलचित्रलाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छद।

यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । चलचित्रमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता बिजय बस्याल हुन् । यो चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

यसैबिच, निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया