Bisal Chautari Logo

थ्रिलर चलचित्र ‘साइ-फाई जोम्बी’को लाइनअप पूरा

- १९ चैत्र २०८०, सोमबार २१:११ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १९ सोमवार।
 प्रदीप शाहीको निर्देशन रहने ‘साइ-फाई जोम्बी’ थ्रिलर चलचित्रको लाइनअप पूरा भएको छ। चलचित्रमा प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने जानकारी निर्माण पक्षले दिएको छ।

यस्तै चलचित्रमा अभिनेत्री दिया पुन विशेष भूमिकामा देखिनेछिन्। यसैगरी नृत्य रियालिटी शो ‘बुगी बुगी’को नेपाली संस्करणको प्रथम विजेता कविता नेपालीले यो चलचित्रबाट डेब्यू हुने भएको छ। अर्को साता नाम घोषणा गर्ने तयारी रहेको यो चलचित्रलाई प्रदिप शाहीले निर्देशन गर्नेछन्।

चलचित्रको कथा पनि शाहीले नै तयार पारेका हुन् । चलचित्रमा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माताका रुपमा रहनेछन्।
प्रदिपको यो साई-फाई जोम्बी थ्रिलर विधागत हिसाबको पहिलो नेपाली चलचित्रको हो।
दुई प्रदिपबिचको यो सहकार्यले नेपाली चलचित्र नयाँ जनराको स्वादले दर्शक बटुल्ने अपेक्षा राखिएको छ।

पछिल्लो समय लगालग चलचित्र साइन गरिरहेका अभिनेता प्रदिपले आफूलाई कलाकारका हिसाबले विविधता दिन लागेको देखिन्छ। ‘प्रकाश’ चलचित्रबाट आफ्नो चक्लेटी छवि छोड्दै भुईंमान्छेको भूमिकामा देखिएका प्रदिपले त्यसयता एकैखाले भन्दा फरक खाले पात्रप्रधान चलचित्रहरुमा ध्यान केन्द्रित गरिरहेका छन्।

यसैगरी निर्देशक प्रदिपले गत वर्ष रिलिज भएको ‘अन्तिम संस्कार’बाट तारिफ बटुले। यो सिनेमा विधागत हिसाबले उनको डेब्यू चलचित्र भन्दा फरक थियो। ‘अन्तिम संस्कार’ बाबुछोराको सम्बन्धमा केन्द्रित चलचित्र थियो भने उनको डेब्यू निर्देशन ‘गोर्खा: बिनिथ द ब्रेभरी’  वार जनरामा बनेको थियो। उनको डेब्यू चलचित्रले अमेजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।

यसप्रकार निर्देशक र अभिनेताको फरक चलचित्र गर्ने सोचले यो टिमवर्क सम्भव भएको बुझ्न कठिन हुन्न। यो सहकार्यले सफल परिणाम दिने आशा राख्न सकिन्छ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। 

प्रतिक्रिया