Bisal Chautari Logo

चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत सार्वजनिक

- १८ चैत्र २०८०, आईतवार २३:२९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८० चैत्र १८ आइतवार।
राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र ‘खजुरे ब्रो’ले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो।

भट्टीको सेटिङमा गीतको भिडियो तयार पारिएको छ। भिडियोमा चलचित्रका प्रमुख पात्र ‘खजुरे’ बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर्ड छन्।

सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ। यस्तै गीतमा संगीतकार अनमोल र अनुपम गुरुङसँगको संयूक्त स्वर रहेको छ।

वैशाख २८ गते रिलिज हुने चलचित्रका लेखक-निर्देशक सुरज सुनुवार हुन्। यही चलचित्रबाट नीतिले नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।

चलचित्रमा नीति, रेयर तथा महेशका अलावा नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई (कान्छी) लगायतको अभिनय रहेको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। अनिल मानन्धर र पिकेश मानन्धर यसका सह-निर्माता हुन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन्।

‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ। अनमोल गुरुङ चलचित्रका संगीतकार हुन्। चलचित्रलाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।

प्रतिक्रिया