Bisal Chautari Logo

‘घरज्वाइँ’ को क्यारेक्टर पोस्टरमा यस्ता देखिए दयाहाङ र मिरुना

- १८ चैत्र २०८०, आईतवार २२:४४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८० चैत्र १८ आइतवार।
 मगर संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ को क्रेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको चलचित्रका दुई डिजाइनका लुक्स मध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् । क्यारेक्टर लुक्सबाट चलचित्रको थीम अनुमान लगाउन मद्दत मिलेको छ ।

पूर्वी रुकुम आसपारमा करिव एक महिना छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवादमा भने उनले बिनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको चलचित्र सुसन प्रजापतिले खिचेका हुन । चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । चलचित्रलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।
असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।

प्रतिक्रिया