Bisal Chautari Logo

‘कमेडी दरबार’मा जोडिइन् अभिनेत्री गौरी मल्ल

- १५ चैत्र २०८०, बिहीबार २२:०८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १५ बिहिवार।
छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् ।
निर्देशक बिक्कीका अनुसार शोमा अभिनेत्री मल्लको शिर्ष भूमिका रहनेछ । तर कुन भूमिकामा अनुबन्ध गरियो भन्नेबारे भने खुलाएका छैनन् । सबै कलाकारको भूमिका केहिसमयपछि खुलाउने तयारी गरिएको उनले बताएका छन् । यसअघि अभिनेता बिजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल अनुबन्धित भइसकेका छन् । अन्य केही कलाकार पनि फाइनल हुने चरणमा रहेको बताइएको छ

निर्देशक  श्रृद्धाका अनुसार शोको यतिबेला सेटको काम भइरहेको छ । उनले अहिले आइरहेका टेलिभिजन कमेडी शो भन्दा केहि फरक गर्ने प्रयासका साथ टिम जुटेको बताएकी छिन् । यो पारिवारीक कमेडी शो हुनेछ । शो प्राइम टेलिभिजनमार्फत प्रसारण हुनेछ । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ । बिक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’को निर्देशन पनि गरेका थिए । 

प्रतिक्रिया