Bisal Chautari Logo

भिषणको चन्द्रमुखी अकेशा

- २७ असार २०७१, शुक्रबार ०६:५० मा प्रकाशित


Chandramukhi by Bhishan Mukarung-Akesa Bista
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २७, शुक्रबार । नेपाली सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक भिषण मुकारुणको राईको चौथो एल्बम ‘चन्द्रमुखी’को टाइटल गीत चन्द्रमुखी सार्वजनिक भएको छ । Chandramukhi by Bhishan Mukarung-Akesa Bista (1)
नेपाली साङ्गीतिक क्षेत्रमा २०५९ सालदेखी लगातार रुपमा लागिरहेका गायक मुकारुङको ‘चन्द्रमुखी’मा पछिल्लो समयका ब्यास्त मोडल अकेशा विष्ट र निर्जन थापाले अभिनय गरेका छन् । सार्वजनिक भएको गीतमा एउटी युवतीको सौन्दर्यतालाई वर्णन गरिएको छ ।
सार्वजनिक भएको एल्बममा ‘ए चन्द्रमुखी, बिनायोमा, अधेरीमा जुन फुल्दा (नयाँ भर्सनमा), तिमीलाई देखे, भुलेर मिमीलाई, आखामा आखै, कोही उदास, पिरतीको डोरी, हामिले नगरे’ बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा समावेश गीतहरुलाई पारस मुकारुङ, भिषण मुकारुङ, महेश खड्का, सुरेश अधिकारी, बसन्त सापकोटा, बलराम समाल, दिनेश बान्तावाको संगीत रहेको छ, भने बसन्त थाम्सुहाङ, जीवन मुकारुङ, नविन दाहाल, कमार बिवाहित, जाड्बु शेर्पा, प्रभा आचार्य, शुभ मुकारुङ, कुल रुङ्माङ र दिनेश वान्तावाको शब्द रहेको छ । Chandramukhi by Bhishan Mukarung-Akesa Bista (2)
विश्वासको बन्धन’ नामक पहिलो एल्बमबाटै चर्चामा आएका गायक मुकारुङको सोही एल्बममा समावेश ‘अधेरीमा जुन फुल्दा’ बोलको गीतलाई दर्शक श्रोताहरुले मनपराएका थिए । त्यस्तै दास्रो एल्बमको रुपमा क्रमश: ‘शक्सेस’ र तेस्रो एल्बम ‘माहोल’ बजारमा आइसकेका छन् । आफ्नो एल्बम र अन्य गीतहरु गरी लगभग २५० हाराहारीमा गीत गाइसकेका छन् गायक भिषण मुकारुङले ।

Chandramukhi by Bhishan Mukarung
Song Title:Chandramukhi
Singer: Bhishan Mukarung
Lyricist:Bashanta Thamsuhang
Music:Paras Mukarung
Director:Suraj Singh Thakuri
Edit:Lokesh Bajracharya
Camera:Shiva Ram Shrestha
Models:Akesa Bista,Nirjan Thapa
Company:Sewa Entertainment

ad

प्रतिक्रिया