Bisal Chautari Logo

चलचित्र ‘रुखान’मा आर्यन र नीतिको जोडी

- १३ चैत्र २०८०, मंगलवार १७:५२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १३ मंगलवार।
चलचित्र ‘रुखान’मा अभिनेत्रि नीति शाहसँग अभिनेता आर्यन अधिकारीले जोडी बाध्ने पक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा निर्माणपक्षले आर्यनलाई भित्राएको हो ।

अब, चलचित्रको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । चलचित्रका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।

यो चलचित्रलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । चलचित्रमा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको चलचित्रका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

यो चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्र निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

यो चलचित्रले सिंगो देशको नागरिकहरुले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्षको कथालाई देखाउनेछ । चलचित्रले मुख्यतया महिला संघर्षको कथा भन्नेछ ।

प्रतिक्रिया