Bisal Chautari Logo

‘वर एण्ड बधु’को लागि विवेकले बनाए सुगठित शरीर, आँचलसँग रोमान्स गर्दै

- १३ चैत्र २०८०, मंगलवार १७:४० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १३ मंगलवार। 
चलचित्र ‘वर एण्ड बधु’को ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको काम अगाडि बढ्ने भएको छ । चलचित्रको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार, चैत्रको तेस्रो साताबाट चलचित्रको छायांकन नेपालमा सुरु हुनेछ ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो चलचित्रमा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । चलचित्रमा वरको भूमिकामा भने नव–नायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन् । चलचित्रको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् ।

निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यो चलचित्रमा सुदिप बरालको छायांकन छ । डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । यो चलचित्रले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने बताइएको छ ।

प्रतिक्रिया