Bisal Chautari Logo

लाहुरे, नम्रता र आशिषको ‘ताण्डव’ सुरु (ट्रेलर सार्वजनिक)

- २७ असार २०७१, शुक्रबार ०४:३१ मा प्रकाशित


TANDAV OFFICIAL TRAILER – LAURE | NAMRATA SHRESTHA | ANUP BARAL | ALAN GURUNGTANDAV OFFICIAL TRAILER - LAURE  NAMRATA SHRESTHA  ANUP BARAL  ALAN GURUNG (2)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २७, शुक्रबार । एक्सन चलचित्र ‘ताण्डव’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो ।
चर्चित र्‍यापर लाहुरे नामले चिनिएका आषिश राणा, अभिनेत्री नम्रता श्रेष्ठ, एलेन गुरुङ लगायतलाई लिएर बनाइएको सिनेमाको प्रोमो सार्वजनिक कार्यक्रममा उनीहरुले सिनेमामा राम्रो काम गर्ने प्रयास गरेको बताए । प्रोमो सार्वजनिक कार्यक्रममै बोल्दै बेलायती निर्देशक मुर्रे केरले नेपाल र नेपाली सिनेमा विश्वलाई जोड्न चलचित्र ‘ताण्डव’ सफल हुने बताए । कार्यक्रममा निर्देशक केरले नेपाली साहित्य र संगीतको तारिफ गर्दै नेपाली सिनेमा क्षेत्र भने विकाशमा पछाडी परेको बताए । TANDAV OFFICIAL TRAILER - LAURE  NAMRATA SHRESTHA  ANUP BARAL  ALAN GURUNG (1)
कार्यक्रममा अभिनेता अनुप बराल भने उपस्थित भएनन् । यो चलचित्रले नेपाल र भारतको सीमावर्ती तलोमा ब्याप्त गैरकानुनी ओसारपसारको कथालाई बोकेको बताइएको छ । चलचित्रलाई मोहन डोटेलले निर्माण गरेका हुन् ।

TANDAV OFFICIAL TRAILER – LAURE | NAMRATA SHRESTHA | ANUP BARAL | ALAN GURUNG
Release Date:August 22 2014 (Bhadra 06)
Genre: Action
Run Time: 123 Mins
Starring: LAURE, NAMRATA SHRESTHA, ANUP BARAL, ALAN GURUNG, BEEPIN KARKI
MAKE UP RAJU WAIBA PUBLICITY DESIGNER ANANDA K. MAHARJAN STILL SUNNY PRADHAN
CINEMATOGRAPHER NARENDRA MAINALI EDITOR BANISH SHAH ASSOCIATE EDITOR MILAN SHRESTHA ASSISTANT DIRECTOR FIROZ KHADKA
ACTION ASTA MAHARJAN
ART DIRECTOR KISHOR NEPAL

प्रतिक्रिया