Bisal Chautari Logo

शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक

- ८ चैत्र २०८०, बिहीबार २३:२८ मा प्रकाशित


शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको चलचित्रको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ । चलचित्रलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्माण टिमले धेरै हाँस्न नसक्ने दर्शकलाई चलचित्र नहेर्न आग्रह समेत गरेको छ । जस्ले चलचित्र हास्य विद्यामा निर्माण भएको बुझ्न गाह्रो पर्दैन् । चलचित्र को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा शतप्रतिशत ढुक्क रहेको बताए ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । चलचित्रमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

चलचित्र को एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु चलचित्रको यही गीतमा मात्र देखिनेछन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने चलचित्रलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।

प्रतिक्रिया