Bisal Chautari Logo

सलमान कोर्टमा मुद्धा चलेपछी नेपालमा आउन सकेनन्

- २४ माघ २०७०, शुक्रबार ०५:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २४ माघ ।
बलिउड चलचित्र उद्योगका सफल अभिनेता सलमान खान अध्यक्ष रहेको ‘बिइङ ह्यूमन’को शाखा नेपालमा पनि संचालनमा आएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन कार्यक्रम सञ्चालन गरी एबीसीडीइ इन्कले अभिनेता सलमान खान फाउण्डेशन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिसँग सहकार्य गर्दै नेपालमा पहिलो आधिकारीक सो रुम संचालनमा ल्याएको जानकारी दिइएको थियो ।
अभिनेता सलमान शो रुम उद्घाटनका लागि नेपाल आउन तयार रहेतापनि पछिल्लो समय कोर्टमा मुद्धा चलिरहेकाले उनी देश बाहिर जान नमिलेकाले नेपाल आउन नपाएको आयोजकले कार्यक्रममा जानकारी दिए ।
‘बिइङ ह्यूमन’को मूल अबधारणालाई पछयाउँदै एवीसीडीइ इन्कले ‘बिइङ ह्यूमन’का ब्रान्डको विक्रीबाट आउने मुनाफाको केही हिस्सा नेपालकै शिक्षा तथा स्वास्थय क्षेत्रमा सहयोग गर्ने जनाएको छ । केही समयमा नै काठमाण्डौका केही स्थानसंगै नेपालका मुख्य शहरहरु पोखरा, इटहरी लगायत स्थानहरुमा पनि यसको शाखा विस्तार हुने बताइएको छ । यो संस्थाले ‘बिइङ ह्यूमन’का साथमा विश्वमा चचिर्त सेलिब्रेटीहरु आबद्ध संस्थासँग पनि सहकार्य गर्न तयार भएको जनाएको छ ।

प्रतिक्रिया