Bisal Chautari Logo

नाई नभन्नु ल ३ बन्ने घोषणाका साथ ‘नाई नभन्नु ल–२’को सक्सेस पार्टी मनाईयो

- २७ असार २०७१, शुक्रबार ०३:४४ मा प्रकाशित


Nai Na Vannu La  2 party
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २७, विहिबार । केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘नाई नभन्नु ल–२’ निर्माण युनिटले ५१ दिन सिनेमा चलेको उपलक्ष्यमा सक्सेस पार्टीको आयोजना गरेको छ । हिजो बिहिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी सिनेमाको सम्पुर्ण युनिटलाई एकसाथ मायाको चिनो प्रदान गर्दै सक्सेस पार्टी मनाएको हो ।

Nai Na Vannu La  2 party
व्यावसायिक रुपलेपनि सफल रहेको चलचित्रलाई विकाश आचार्यले निर्देशन गरेका हुन् । सिनेमाको सक्सेस पार्टीकै लागी अष्ट्रेलियाबाट आफु नेपाल आएको चलचित्रका निर्माता दिनेशकुमार पोखरेलले बताए । सक्सेस पार्टीमा दिइएको मायाको चिनोमा गौतम बुद्धको मुर्ती रहेको थियो ।
कार्यक्रममा चलचित्रको तेस्रो भागको बनाउँने बारेमापनि केही कुराकानी चल्यो । चलचित्रको तेस्रो भाग बनाउने तयारी विकाश आचार्यले गरेपनि यसचोटीको सिनेमा निर्देशन मुस्कान ढकालले गर्ने भएको छ । यसकारण चलचित्र ‘नाई नभन्नु ल–३’को ठाउमा ‘प्यारो साथी’ नाम रहन सक्ने बताइएको छ, भने यो सफल सिनेमाको सिक्वेल निर्देशक आचार्यले आफै गर्दैछन् । नयाँ बन्न लागेको चलचित्रमा अभिनेताद्धय अनुभव रेग्मि र सुरज सिंह ठकुरी पक्का भइसकेका छन् । सक्सेस पार्टीमा संगीतको बारेमा बोल्दै सिनेमाका संगीतकार बसन्त सापकोटाले ‘नाई नभन्नु ल–३’का लागी तयार पारेको गीतहरु सुनाएका थिए ।

प्रतिक्रिया