Bisal Chautari Logo

फ्राईडे रिलिज : आजबाट यस वर्ष अपेक्षा गरिएको तीन चलचित्र एकैसाथ प्रर्दशनमा

- २४ माघ २०७०, शुक्रबार ०६:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २३ माघ ।
नेपाली चलचित्र क्षेत्रको व्यावसाय क्रमिक रुपमा बिकाश हुदै गइरहेको छ । यस्तै क्रममा आजबाट नेपाली चलचित्रका पारखिहरुका लागी तीन वटा चलचित्र एकसाथ रिलिज हुदैछ । दुई च्यारेटीमा सहभागी भएर चलचित्र समिक्षक तथा रङ पत्रकारहरुबाट प्रसंशा पाउन सफल सुनिल मानन्धरको चलचित्र ‘मोक्ष’, सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको ‘मुटु’ र सति प्रथामा आधारित यादव भट्टराई निर्देशित चलचित्र ‘झोला’ प्रदर्शनमा आएको छ ।
चलचित्रका निर्देशक प्रवीन श्रेष्ठको जिवनीमा आधारीत रहेको चलचित्र म्युजिकल लभ स्टोरी ‘मोक्ष’ चलचित्र आजबाट एकसाथ देशका झन्डै ७५ वटा पर्दाबाट प्रदर्शमा आउने निर्माता तथा चलचित्र वितरक सुनिलले जानकारी दिए । चलचित्र ‘मोक्ष’ च्यारेटीमा तारिफ पाएपछि यस वर्षको प्रतिक्षित चलचित्र बन्न पुगेको छ । मेरुदण्ड पक्षघात भएका निर्देशक श्रेष्ठको वास्तविक कथा चलचित्रमा झन्डै ८५ प्रतिशत रहेकोपनि बताइएको छ । ह्विल चियर प्रयोगकर्ता प्रविनको भूमिकामा गायक कोशिस क्षेत्री प्रस्तुत भएका छन्, भने उनको अपोजीटमा अभिनेत्री बेनीशा हमाल रहेकी छिन् । निर्देशक श्रेष्ठको वास्तविक जीवनमा आधारीत चलचित्रमा पप गायक कोशिसले धेरै राम्रो मिहेनत गरेको सबैले तारीफ गरेका छन् । चलचित्रमा कोशिस र बेनिशासंगै बिक्रम हमाल, बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, बसन्त भट्टक लगायतको मुख्य भूमिका रहेको छ ।
त्यस्तै आजैबाट रिलिजमा आएको सूर्य बोहोराको निर्माण तथा निर्देशनमा रहेको चलचित्र ‘मुटु’ पारिवारिक प्रेमकथामा आधारित रहेको बताइएको छ । यस भन्दा अगाडी ‘कान्छो’ र ‘अग्नि परिक्षा’ नामक चलचित्र निर्देशन गरेर बोहोरा अमेरिकामा चलचित्र बारेमै अध्ययनमा व्यास्त रहेका थिए । चलचित्रमा अभिनेत्री केकी अधिकारी, विमलेश अधिकारी, मुकेश आचार्य, बालकलाकार सुप्रिम शाहा, सुरेन्द्र शाहा लगाएतको अभिनय रहेको छ । चलचित्रमा सुर्य ठोकरको द्धन्द्ध रहेको छ । यस भन्दा अगाडी चलचित्र ‘मुटु’ अमेरिकामा प्रदर्शन भैसकेको छ ।
यस्तै आजैबाट यी दुई चलचित्रसंगै प्रदर्शनीमा माधव भट्टराईको निर्देशन रहेको चलचित्र ‘झोला’ पनि रिलिज भएको छ । साहित्यकार कृष्ण धारावासीको चर्चित कथा ‘झोला’को कथा ‘हाम्रै समाजले भोगि आएको एक सय वर्ष अगाडीको सती प्रथामा आधारीत रहेको छ । यस चलचित्रमा जयकला, सतीको भूमिकामा अभिनेत्री गरिमा पन्तले अभिनय गरेकी छिन् । रामगोपाल थापा, राज तिमिल्सिना र सुशील शाहको संयुक्त रुपमा लगानी रहेको चलचित्रमा अभिनेत्री गरिमासंगै सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया