Bisal Chautari Logo

चलचित्र ‘दान्भी’को प्रदर्शन मिति तय,जेठको १० गतेबाट नेपालभर रिलिज

- २५ फाल्गुन २०८०, शुक्रबार १४:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन २५ शुक्रवार।
महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रलाई आउँदो बर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले चलचित्र बिहिबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो चलचित्रमा अभिनेत्रि पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । चलचित्रको टिजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो ।

चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । यो चलचित्रमा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । चलचित्रमा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

लभ स्टोरी चलचित्रमा रुचाइएकी अभिनेत्रि पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् । निर्माणपक्षले वितरकसँग सल्लाहा गरेर राम्रो मितिमा चलचित्र प्रदर्शन गर्न लागेको बताएको छ ।

प्रतिक्रिया