Bisal Chautari Logo

खोटाङमा विद्यालयको जग्गा मुद्दामा प्रशस्त आधार हुादा पनि हार्‍यो

- २५ असार २०७१, बुधबार ०७:२३ मा प्रकाशित


Khotang case the school
भिम राई
खोटाङ, २०७१ असार, २५, बुधबार । खोटाङको बाक्सिलामा कर्मचारीको समेत मिलेमतोमा विद्यालयको जग्गा किनबेच भएपछि बाक्सिलास्थित पृथ्वी उच्च माविले अदालतमा दायर गरेको मुद्दामा सो विद्यालय हारेको छ । गाविस सचिव, मालपोत कर्मचारी र विद्यालयकै शिक्षकको मिलेमतोमा जग्गा किनबेच भएपछि २०६९ फागुन–३० गते अदालतमा परेको मुद्दामा जिल्ला न्यायधिश ईश्वरीप्रसाद गौतमको एकल इजलासले वादीको तर्फबाट हकदाबी नपुगेको ठहर गर्दै लिखत बदर गरेपछि विद्यालयले मुद्दा हारेको हो ।
अदालतका स्रेस्तेदार भीष्म भट्टराईका अनुसार लिखत बदरमा १५ जनालाई र जालसाजीका एक गरी १६ मुद्दाको किनारा लागेको छ । भट्टराईका अनुसार असार–२० गते शुक्रबार यस्तो फैसला भएको हो ।Khotang case the school
यसबारे अख्तियारले पनि अनुसन्धान बढाएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिएका छन् । प्रजिअ सापकोटाले भने ,–‘विद्यालयले मुद्दा हारेको बारे केही बोल्न नमिले पनि अख्तियारले पनि मुद्दा हेरिरहेको छ, यसमा आत्ति हाल्नुपर्ने छैन ।’
निक्कै चर्चाको विषय बनेको यो प्रकरणबारे विद्यालयले मुद्दा हार्नुको मुख्य कारण पैसाको चलखेल भएको हुन सक्ने विद्यालयका प्रधानाध्यापक जानुका राईले आरोप लगाएकी छन ।प्रअ राईका अनुसार –‘विद्यालयको पक्षमा मदबुद आधार हुादा हुदै जिल्ला अदालतमा मुद्दा हारियो यद्यपी पुनरावेदन अदालत जाने हक भएकाले न्याय खोज्न छाडीदैन ।’
विद्यालयको प्रधानाध्यापक राईका अनुसार गाविस सचिव होमनाथ खनालको सिफारिसमा सुङ्देल–४ की ५५ वर्षीया ध्यानसरी राई र बाक्सिला–७ की पञ्चरीषी राईको नाममा छुट्टा–छुट्टै दर्ता गराएर बिक्री समेत गरिएकाले अदालतमा मुद्दा दायर गरिएको थियो । गाविस सचिव खनालले २०६५ साल असार–४ गते पञ्चरीषीलाई र २०६६ असार–३ गते ध्यानसरी राईलाई आफ्नो नाममा विद्यालयको जग्गा दर्ता गराउन सिफारिस गरेको प्रअ राईको भनाइ छ ।
जग्गा दर्ताका लागि विद्यालयकै शिक्षक छत्रकुमार राई र रणबहादुर राईले सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका छन् । त्यही सिफारिसको आधारमा २०६८ असार १० गते मालपोत अधिकृत युवराज आचार्यको निर्णय नं.–३७/४०/ २०६८ को आधारमा कित्ता नं.–४३४ को दुई रोपनी तीन आना तीन पैसा दुई दाममध्ये एक रोपनी ११ आना एक पैसा एक दाम क्षेत्रफल जग्गा २०६८ असार–१० गते ध्यानसरीको नाममा दर्ता गरिएको हो ।
कित्ता नं. ४०६ को २५ रोपनी नौ आना एक दाममध्ये पूर्वतर्फको कित्ताकाट गरी कित्ता नम्बर १७२३ कायम गरी पााच रोपनी पााच आना दुई पैसा एक दाम पञ्चरीषीको नाममा दर्ता गरिएको थियो । दोर्पाचिउरीडााडा–२ घर भएका गाविस सचिव खनालले पञ्चरीषीबाट २०६८ कात्तिक २ गते पााच आना दुई पैसा क्षेत्रफलको जग्गा सित्तैमा लिएर दश हजार रूपैयाामा किनेको राजश्व बुझाएका छन् ।
खनालले आफ्नै भाइ युवराज खनाललाई दुई आना जग्गा दुई लाख रूपैयाामा २०६८ मङ्सिर २७ मा किनाएको खुलासा भएको छ । त्यस्तै दोर्पाचिउरीडााडा–५ की पबित्रा ढकाललाई दुई लाख रूपैयाामा दुई आनामा किनाएका छन् ।
पञ्चरीषीबाटै बाक्सिला–८ का राजकुमार राईले छ आना जग्गा २०६८ कात्तिक २ गते दश हजार रूपैयाामा लिएका छन् । त्यसैगरी बाक्सिला–७ का चन्द्रकुमार राईले पनि तीन आनाका लागि दुई लाख रूपैयाा तिरेका छन् । उनले २०६८९ मङ्सिर–२७ गते पास लिएको अदालतमा पेश भएको कागजातमा उल्लेख छ ।
मालपोत कार्यालयको रेडकर्ड अनुसार पञ्चरीषीबाटै सप्तेश्वर–१ का हिमालभक्त राईले दुई आनाका लागि एक लाख ५० हजार तिरेर २०६८ मङ्सिर २६ गते पास लिए । बास्पानी–९ का नारायण राईले चार आनाका लागि तीन लाख तिरेर २०६८ मङ्सिर २७ गते पास लिएका छन् ।
बाक्सिला–७ का चित्रमाया बस्नेतले २०६८ मङ्सिर २७ गते एक लाख ५० हजारमा तीन आना किनेका छन् । बाक्सिला–७ घर भइ हाल दिक्तेल–८ बस्ने वीरशोभा राईले भने चार आनाका लागि ५० हजार तिरेका छन् ।
ध्यानसरीबाट बास्पानी–८ का बालकुमार राईले (२०६८ चैत १५) तीन लाख रूपैयाामा दुई आना, बास्पानी–७ का दयाराम कामीले (२०६८ चैत १५) तीन लाख ५० हजार रूपैयाामा दुई आना, खार्मी–९ का मौलकुमार राई र सुङ्देल–४ का भुवराज निरौलाले (२०६८असोज २९) दुई आना तीन लाखमा, सुङ्देल–८ की कालीशोभा राई र बाक्सिला–६ की दिलकुमारी राईले (२०६८ फागुन १९) दुई आना तीन लाख रूपैयाामा, खार्तम्छा–६ का तेजबहादुर विकले (२०६८ चैत १५) तीन लाख ५० हजारमा दुई आना किनेको मालपोतको रेडकर्डमा उल्लेख छ ।
विद्यालयको जग्गा अन्य व्यक्तिले पनि आफ्नो नाममा दर्ता गराएका छन् । विद्यालय पछाडिपट्टीको जग्गा स्थानीय युवराज सुनुवारले दर्ता गराएर घर समेत बनाएका छन् । अन्यले पनि जग्गा दर्ता गराउने कोशिस गरेका छन् ।
ध्यानसरी राईको नाममा भएको जग्गा तत्कालीन बाक्सिला प्रावि (हाल पृथ्वी उच्च मावि) लाई जगिधन राईले २०३८ सालमा दानपत्र दिएको मालपोतको रजिष्ट्रसन नम्बर ३६८ मा उल्लेख छ । पञ्चरीषीको नाममा दर्ता गरिएको जग्गा २०२४ साल कात्तिक ५ गते तत्कालीन बाक्सिला प्रावि (हाल पृथ्वी उच्च मावि)लाई तत्कालीन बाक्सिला मानेडााडा गाउा पञ्चायत–९ बस्ने परशुराम राई, मकरध्वज राई, भलबहादुर राई, इच्छबहादुर राई, सन्तबहादुर राई, धनबहादुर राई लगायतले चन्दा स्वरूप पुरस्कार दिइ राजिनामा दिएको मालपोतमा उल्लेख छ ।

प्रतिक्रिया