Bisal Chautari Logo

चलचित्र ‘इश्वर’ को छायाँकन सकियो

- १९ फाल्गुन २०८०, शनिबार २३:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० फागुन १९ शनिवार।
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा  अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।
चलचित्रको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

प्रतिक्रिया