Bisal Chautari Logo

उषा उप्रेतीको अभिनयमा ‘भर्जिन जवानी’गीत सार्वजनिक

- १७ फाल्गुन २०८०, बिहीबार २२:२३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० फागुन १७ बिहिवार।
उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डेय नै रहेको छ । राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ ।

गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट छ । भिडियो शुक्र तामाङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया