Bisal Chautari Logo

असार शृङ्खलामा ‘अलग अभियान’मा वरिष्ठ संगीतकार शान्तिराम (फोटो फिचर सहित )

- २४ असार २०७१, मंगलवार १४:५५ मा प्रकाशित


Alag Abhiyan shantiram raiAlag Abhiyan shantiram rai (1)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २४, मंगलबार । पछिल्लो समयमा लोकप्रिय बन्दै गइरहेको अलग धारको कार्यक्रम ‘अलग अभियान’को असार शृङ्खला सम्पन्न भएको छ । ललितपुरको विशालचोकस्थित गेसो हलमा केही दिन अगाडी अलग अभियान २०७१ को असार शृङ्खला सम्पन्न भएको हो ।
नयाँ गीत र कविताहरु प्रस्तुत हुने यो कार्यक्रममा कविहरु अविनाश भट्टराई, गोपालचन्द्र राई, नदीश, नमन अणु, विशद, साङ्केन बान्तवा, बम बानिया, भिम राई ‘सर्वहारा’ परशुराम कार्की ‘निश्चल’, सीता थुलुङ र अकेला यात्रीले कविता वाचन गरेका थिए भने भिमसेना राई, नम्रता राई, रेवत राई, बबिना किराती र यशोदा राईले गीत प्रस्तुत गरेका थिए । [gss ids=”4423,4420,4425,4424,4422,4421,4419″]

यसैगरी वाद्ययवादनतर्फ हार्मोनियममा मण्डल साम्पाङ, गीटारमा भिमसेना राई, बाासुरीमा पावल थुलुङ र तबलामा डीबी सागर राईले साथ दिएका थिए । साहित्यतर्फको अतिथि कवि बिमला तुम्खेवाले सहभागीहरु सचेततापूर्वक साहित्य सङ्गीतमा अगाडि बढिरहेको पाउादा खुसी व्यक्त गर्दै उनका केही प्रतिनिधि कविता वाचन थिए र अन्त्यमा सङ्गीततर्फका अतिथि शान्तिराम राईले सङ्गीतमा सफलता प्राप्त गर्न समय लाग्ने बताउँदै धैर्यतापूर्वक अगाडि बढिरहन सुझाबसहित उनका केही चर्चित गीतहरु सुनाएका थिए । साहित्य र सङ्गीतमा समर्पित यो अभियान हरेक महिना सम्पन्न हुदै आएको छ ।

ad

 

प्रतिक्रिया