Bisal Chautari Logo

अगत्स्यको रिलिजडेट नजिकिदा सौगात हिडे दर्शक भेट्न

- १६ फाल्गुन २०८०, बुधबार २२:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० फागुन १६ बुधवार ।
 सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो चलचित्रको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर चलचित्र भएको बताएका छन्। बदलाको कथामा आधारित चलचित्र अगत्स्यका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्।

तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउदै सौगातले अगत्स्य ले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन्। सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले चलचित्र हेर्दा आनन्द लाग्ने र पुर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुन: नयाँपन देख्ने बताए।

चलचित्रका कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो चलचित्र एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ। भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो चलचित्रमा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको चलचित्रको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।

प्रतिक्रिया