Bisal Chautari Logo

चलचित्र ‘काँडेतार को रत्नपार्कमा  हस्ताक्षर संकलन कार्यक्रम 

- १६ फाल्गुन २०८०, बुधबार २२:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० फागुन १६ बुधवार ।
 चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतारलगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

आफूले चलचित्र ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र आज थप संकलन गगरिएको बताएका छन् । उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।
यस्तै, खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार  आगामी फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको छ ।

राष्ट्रिय भावनामा आधारित यो चलचित्र भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु चलचित्रमा पेश गरिएको छ । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ ।
चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा,

राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् ।

चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई  नादिया खड्का र सनया खड्का   हुन् ।

प्रतिक्रिया