Bisal Chautari Logo

भजन शिरोमणि भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली

- १५ फाल्गुन २०८०, मंगलवार १८:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन १५ मंगलवार ।
वरिष्ठ गायक,संगीतकार ,गीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कलाकारहरु नीर शाह, हरिहर शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला, शम्भुजीत बासकोटा, नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रतिष्ठानकी कुलपति निशा शर्मा सहित फिल्म अभिनेता, संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

भजन शिरोमणिको रुपमा सुप्रसिद्ध आचार्यको निधन सोमबार अपराह्न ४ बजे मेडिसिटी अस्पताल लैजाने क्रममा भएको थियो । शरीरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको थियो । ८२ वर्षीय आचार्य केही समयदेखि बिरामी थिए । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मान सहित दाहसंस्कार गरिने नेपाल संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया